५ कार्तिक २०८३, बुधबार

 

इन्डोनेसिया: झाँक्रीले १५ वर्षसम्म किशोरीलाई किन बन्दी बनाए

इन्डोनेसियाको सुलावेशीस्थित प्रहरीले २८ वर्षीय महिलालाई उनलाई बन्दी बनाइएको एक गुफाबाट १५ वर्षपछि मुक्त गरेको जनाएको छ।

उनलाई गाउँकै झाँक्रीले १५ वर्षसम्म एउटा गुफामा बन्दी बनाएर राखेका थिए।

८३ वर्षीय ती झाँक्रीले १३ वर्षीया किशोरीलाई अपहरण गरेको र आफूमा देउता चढेको भनी उनको दिमाग एकोहोर्‍याएको अभियोग लगाइएको छ।

ती झाँक्रीलाई यौन शोषण र बालबालिका सुरक्षासम्बन्धी कानुनको बखिलाप कम गरेको अभियोग लगाइएको छ।

महिला बेचबिखनको बदलिँदो स्वरुप

महिलाको ब्याङ्क खाता धेरै भएका देशहरू

‘गायब’

स्थानीय समाचारका अनुसार जगो नामका ती झाँक्री स्थानीयबासिन्दामाझ कालो जादु गर्ने र वैकल्पिक विधिबाट निको पार्ने व्यक्तिको रूपमा चिनिन्छन्।

सन् २००३ मा १३ वर्षीय बालिकालाई उपचारका लागि भनी ती झाँक्रीको घरमा उनको परिवारले ल्याएका थिए।

त्यही वर्ष केही समयपछि उनी गायब भएकी थिइन्।

सञ्चार माध्यमले ती झाँक्रीले उनका परिवारलाई उनी कामको खोजीमा जाकार्ता गइसकेको बताएका थिए।

झाँक्रीतस्वीर कपीराइटPOLICE HANDOUT

उनका आफन्तहरूले धेरै वर्षसम्म खोज्ने प्रयास गरे तर अन्तत: उनी बेपत्ता भएको घोषणा गरियो।

समाचारहरू बाहिर आएपछि आइतवार प्रहरी ती किशोरीलाई सुलावेशीको मध् भागमा गएको गलुमपाङ गाउँमा खोजी गर्न गएको थियो। उनी ठूलो ढुङ्गाको पछाडिको सानो भागमा फेला परेकी थिइन्।

आरोप

प्रहरीले सार्वजनिक गरेको तस्बिरमा गुफाभित्र केही सामान्य कोठामा हुने सामानहरू देखिएको थियो जुन ती व्यक्तिको घर नजिकै थियो।

टोलीटोलीका प्रहरी प्रमुखका अनुसार ती बालिका १३ वर्ष हुँदादेखि नै ती पुरुषले किशोरीको बलात्कार गर्थे र त्यो सबै आफूले नभइ आफूमा देउता चढेको र त्यही कारण त्यस्तो भएको बताउने गर्थे।

उनीहरूले ती झाँक्रीले राति आफ्नो घरमा ल्याउने र दिनभरी उनलाई जेलजस्तै सानो गुफामा बस्न बाध्य पार्ने आरोप लगाएका छन्।

“ती पीडितलाई कतै नभाग्न तर्साएको र अरू मानिसलाई पनि नभेट्न उसको दिमागमा कुराहरू भरेको जस्तो देखिन्छ,” एकजना स्थानीय बासिन्दाले जाकार्ता पोष्ट पत्रिकालाई बताएका छन्।

ती झाँक्री दोषी ठहर भएमा उनलाई १५ वर्षसम्मको जेल सजाय हुनसक्छ। बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung