२३ असार २०८२, सोमबार

 

युएईमा नै पहिलो पटक नेपाली समुदायले भव्य रुपमा गाई जात्रा मनाउने

नेपालि समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । यस लाई सापारु भनेर पनि भन्ने चलन छ ,नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । गाईजात्रा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट बाट मनाउने गरिन्छ ।

नेपाली समुदायले पहिलो पटक यु ए ई मा रोजगारिको सिलसिलामा वर्ष दिनभित्र दिवंगत हुनुभएका प्रबासिहरुको सम्झनामा मनाइने यस् धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको साथै नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित भएकोले नेपालि समुदाय ले यु ए ईमा आज भोलि हुनेगरेका बिकृति,विसंगति र कुसस्कृति लाइ यहि मिति वि।सं।

२०७५ साल भाद्र १५ गते शुक्रबार ,इश्वी सन् २०१८अगस्ट ३१ तारिख बरदुबईमा गाईजात्रा विशेष कार्यक्रम ब्यङ्गगात्मक प्रस्तुति रहने समुदाय का अध्यक्ष बिदुर राउतले जानकारी गराउनु भयो ।समस्त युएई वासी नेपालीहरुलाई कार्यक्रम भव्य सफल पार्न समेत हार्दिक अनुरोध गरेको छ।

तत्कालीन राजा प्रताप मल्लका छोरा चक्रवर्तिन्द्रको अकस्मात् निधन भएपछि शोकाकुल रानीको मन शान्त पार्न ‘हाम्रा युवराज मात्र होइन दुनियाँका सन्तान पनि मरेका हुन्छन्’ भन्ने देखाउन यो जात्रा सुरु गरिएको इतिहासमा उल्लेख छ ।

राजाले वर्ष दिनभित्र आफन्त मरेकाले गाईको झाँकी प्रदर्शन गर्नु भनी उर्दी दिएपछि यो जात्रा मनाउन थालिएको इतिहासमा वर्णित छ । गाई को झांकिले मात्र रानी खुसी नभएका कारण अन्य तवरले प्रहसन, ब्यङ्ग, जस्ता कियाकलाप गरे पछि खुसी भएको हुदा सो समय देखि बर्षेनी हासो ,मजाक टोल टोलमा गर्दै गरेको इतिहासमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung