गलकोट समाज जापानको अध्यक्षमा दिलु खत्री निर्बिरोध निर्वाचित भएको छ ।गलकोटेहरूको साझा सामाजिक संस्था गलकोट समाज जापानको पाँचौ अधिवेशनले खत्रीको नेतृत्वमा ३३ सदस्यीय समिति चयन गरेको छ ।
टोकियामा सम्पन्न अधिवेशनबाट चयन भएको नेतृत्वको केही बाकि पदको लागि व्यापक छलफलपछि पुर्णता पाएको हो ।नयाँ नेतृत्वलाई संस्थापक अध्यक्ष कृष्ण गौचन ,पुर्व अध्यक्ष हर्क थापा ,मोहन खत्री ,गोविन्द श्रेष्ठ ,आत्मराम गैरे ,निवर्तमान अध्यक्ष नरबहादुर गापा ,सल्लाहकार टंक गैरे ,दिपक केसी ,याम खत्री ,मगर संघ जापानका अध्यक्ष गंगा धर्तीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
गलकोट समाज जापानको वरिष्ठ उपाध्यक्ष भवानी पन्त ,उपाध्यक्षहरूमा तेज चालिसे ,कालिका थापा ,बिजय भण्डारी ,भिम क्षेत्री र भोजेन्द सुवेदी रहेका छन ।महासचिवमा कृष्ण केसी ,सचिवमा नवीन न्युरे ,राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा रामु चालिसे ,सहकोषाध्यक्षमा दिलाराम गैरे ,युवा विभागको संयोजकमा लोकेश खत्री ,प्रकाशन विभागको संयोजकमा लक्ष्मण कार्की चयन भएका छन ।

















































































































































































