८ कार्तिक २०८३, शनिबार

 

मल्ममा शैक्षिक अन्तरकृया: समुदायको आवश्यकतालाई मध्यनजर गरि काम गर्न सुझाव

गलकोट नगरपालिका वडा नम्बर–७ मल्ममा शैक्षिक योजना तर्जुमा सम्बन्धि अन्तरकृया कार्यक्रम भएको छ । शिव माध्यमिक विद्यालय काँडेबास श्रोत केन्द्रका श्रोत व्यक्ति दिनेश पन्तको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नं ७ को शैक्षिक उन्नति, समयको माग र समुदायको आवश्यकतालाई मध्यनजर गरि विद्यालयहरु समायोजन, निजी विद्यालयलाई सामुदायिकरण सँगै समय सापेक्ष अगाडि बढाउने लगायतका विषयमा अन्तरकृया गरिएको छ ।

सो अवसरमा वडा सरकारले तय गरेको शैक्षिक कार्य योजना वडा सचिव महेन्द्र पौडेलले प्रस्तुत गर्नुभएको थियो । अन्तरकृयामा जनहित माध्यमिक विद्यालयको कार्य क्षेत्र विस्तार गरि वडाको नमुना शैक्षिक संस्था बनाउनु पर्ने साझा धारणा प्रस्तुत गरिएको थियो । विगतमा व्यक्तिगत स्वार्थका कारण शैक्षिक क्षेत्रमा प्रगति नभएको भन्दै अब बेलैमा सबै सचेत हुनुपर्ने र प्रकृयालाई तत्काल अगाडि बढाउन आजको प्रतिनिधिमुलक भेलाले वडालाई सुझाव दिएको छ ।

अन्तरकृयामा जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रतिनिधि छुमबहादुर थापा, नेपाली काँग्रेसका सभापति चिरञ्जिवी मरासिनी, राष्ट्रिय जनमोर्चिका अध्यक्ष दलबहादुर थापा, जनहित माध्यमिक विद्यालयका प्रअ विष्णु प्रसाद गौतम, पाण्डवखानी माध्यमिक विद्यालयका प्रअ खिम बहादुर खडका, दिपज्योति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त क्षेत्री, प्रगति आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापा, सिरबारे प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल दर्जी, देउराली प्राविका प्रअ केहरसिंह थापा, नेटा प्रावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुम बहादुर कार्की लगायतले धारणा प्रस्तुत गर्नुभएको थियो ।

अन्तरकृयामा जनप्रतिनिधि, राजनैतिक दल, विद्यालयका प्रअ तथा व्यवस्थापन समितिका अध्यक्ष, समाजसेवी, बुद्विजिवी, शिक्षाप्रेमी लगायतको उपस्थिति रहेको थियो । शैक्षिक योजना तर्जुमा सम्बन्धि अन्तरकृया गलकोट नगरपालिका वडा नम्बर– ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाको अध्यक्षता, वडा सदस्य लोक बहादुर थापाको स्वागत र घुम्टे युवा परिवार मल्मका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung