८ कार्तिक २०८३, शनिबार

 

सरस्वती प्राथमिक विद्यालयको बार्षिकोत्सव

सरस्वती प्राथमिक विद्यालय बागलुङ नगरपालिका–७, को २६ औं बार्षिकोत्सव अभिभावक दिवस मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका–७ का वडा अध्यक्ष खगराज पाण्डेले शिक्षाको विकास बिना समाजको विकास हुन नसक्ने बताउँदै सामुदायिक विद्यालयमा शिक्षालाई गुणस्तरिय र व्यवहारिक बनाउन स्थानीय निकालयले प्रयाप्त लगानी गर्ने बताए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले निजी बोर्डिङहरु सरह गुणस्तरमा सुधार गरी गाउँघरमै समय सापक्ष शिक्षाको विकास गर्नुपर्ने भन्दै शिक्षालाई जिवनयोपयोगी बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा अभिभावक लक्ष्मी शर्मा, श्याम कुमार घमाल, विद्यालय व्यवस्थापन समितिका पुर्बअध्यक्ष नर बहादुर वि.क., वडा सचिव महेन्द्र कुमार वि.क., विश्वकर्मा माध्यमिक विद्यालयका प्राधानाध्यापक योगेन्द्र प्रसाद खनाल लगायतले मनत्व्य राखेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लिलाधर गौतमले आर्थिक बर्ष २०७४।०७५ को रु. १३ लाख ६६ हजार ५ सय ८१ बराबरको आयव्यय तथा प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

सोही अवसरमा २०७४ सालको बार्षिक परिक्षामा उत्कृष्ट हुने तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुप्त बहादुर वि.क.को अध्यक्षता, शिक्षिका शुसिला परियारको स्वागत मन्तव्य र शिक्षक केशब गौतमको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung