३ श्रावण २०८३, आईतवार

 

ईलाका वन बन्यो सभडिभिजन

देश संघिय संरचनामा गए सॅगै बागलुङमा अब १ डिभिजन वन कार्यालय र ८ वटा सभ डिभिजन वन कार्यालय भएका छन । यसै क्रममा जिल्लाको गलकोट नगरपालिका वडा नं ३ हटियामा रहेको ईलाका वन कार्यालय  सव डिभिजन वन कार्यालयमा रुपान्तरण भएको छ ।

सभ डिभिजन वन कार्यालय गलकोटको उदघाटन गर्दै डिभिजन वन कार्यालय बागलुङका प्रमुख विशाल घिमिरेले वन क्षेत्र प्रदेश सरकार मातहतमा रहने गरि प्रदेश भित्रको राष्ट्रिय वन अब एकल अधिकारको सुत्रमा बाॅधिएको बताए । तल्लो तहसम्म वन क्षेत्रको सेवा, सुविधा र कामको क्षेत्रमा सहयोग गर्न स्थानिय तहमा सभ डिभिजन वन कार्यालय स्थापना भएको घिमिरेले बताए ।

निजी वन पैदावार, जडिबुटी संकलन, वृक्षारोपण लगायतका कृयाकलापको लागि सभ डिभिजन वन कार्यालयको महत्वपुर्ण भुमिका रहने उहाॅको भनाई छ । आजबाट सभ डिभिजन वन कार्यालय गलकोटले गलकोट नगरपालिका र ताराखोला गाउपालिकालाई कार्य क्षेत्र बनाई काम अगाडि बढाउने छ ।

वन क्षेत्र, धेरै वन क्षेत्रहरु भएको, पानीको धेरै श्रोत भएको, घुम्टे गाजा डुॅडेलेक जस्तो जैविक विविधताले भरिपुर्ण, जलाशय, जलाधार जस्ता महत्वपुर्ण चिजलाई प्रतिनिधित्व गर्ने जिल्लाकै सबै भन्दा ठुलो सभ डिभिजन कार्यालय गलकोट रहेको उनले जानकारी दिए । पर्यटनको हिसाबले पनि महत्वपुर्ण क्षेत्र भएकोले यहाॅबाट काठ दाउरा घाॅसपात मात्र उत्पादन नभई वनको अन्य वातावरणिय सेवाहरु पानी संरक्षण, भु-संरक्षण,जडिबुटी, जलाधार प्राकृतिक सौन्दर्यले पनि थप महत्वपुर्ण भएकोले यसको संरक्षण सम्वर्दनमा स्थानिय सरकार, सभ डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समुह र स्थानिय उपभोक्ताको महत्वपुर्ण भुमिका रहनुपर्ने डिभिजन वन कार्यालय बागलुङका सहायक वन अधिकृत राम बहादुर विश्वकर्माले बताए ।  जिल्लामा १ डिभिजन वन कार्यालय, ८ वटा सभ डिभिजन कार्यालय रहेका छन ।

जस अन्तरगत बागलुङ सभ डिभिजन, बरेङ सभ डिभिजन, जैमिनी सभ डिभिजन, काठेखोला सभ डिभिजन, गलकोट-ताराखोला सभ डिभिजन, बडिगाड सभ डिभिजन, तमानखोला सभ डिभिजन, ढोरपाटन-निसीखोला सभ डिभिजन कार्यालय रहेका छन । पहिलेका ईलाका वन कार्यालयलाई सेवा क्षेत्र थप घट गरि सभ डिभिजन कार्यालयमा रुपान्तरण गरिएको हो ।

यस भन्दा अघि बागलुङमा वि.सं २०३२ मा धौलागिरी वन डिभिजन, वि.सं २०४० मा जिल्ला वन कार्यालय र रेञ्जपोष्ट, २०५० मा जिल्ला वन कार्यालय, १ ईलाका वन कार्यालय र ८ रेञ्जपोष्ट र २०७१ मा जिल्ला वन कार्यालय, सेक्टर वन कार्यालय र ८ वटा ईलाका वन कार्यालय निर्माण गरिएको थियो । सभ डिभिजन वन कार्यालय समुदघाटन उदघाटन कार्यक्रम गलकोट सभ डिभिजन कार्यालयका सहायक वन अधिकृत मदन सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung