३ श्रावण २०८३, आईतवार

 

लायन्स क्लव अफ धौलागिरिद्धारा निरहेघाट सरसफाइ

लायन्स क्लव अफ धौलागिरि बागलुङले निरहेघाट सरसफाइ गरेको छ । बागलुङ नगरपालिका वडा नं १ मा रहेको निरहेघाटको फोहर सरसफाइ गर्नुको साथै फोहर राख्ने दुई वटा जालिवाला डसपिन समेत राखिएको छ ।निरहेघाटमा मलामि जानेहरुले चिसो पिय पदार्थ र पानीको बोतल प्रयोग गरेर जथाभावि फालेपछि यो कार्यक्रम ल्याएको क्लवको अध्यक्ष बसन्त कुमार श्रेष्ठले बताए ।

उक्त सरसफाइ कार्यक्रमलाई लायन अफ धौलागिरि लायन देबबहादुर श्रेष्ठ ,नेपाल उघोग वाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ ,एमजेएफ लायन भरत शर्मा ,बागलुङ उघोग संघका वरिष्ठ उपाध्यक्ष युवराज राजभण्डारी ,डिसस्टिक डिपुटि चिफ लायन काजीमान गुरूङले मन्तव्य व्यक्त गरेका थिए ।

क्लवका अध्यक्ष लायन बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव लायन मुकेश राजभण्डारीले गरेको थियो ।उक्त सरसफाइ कार्यक्रम लियो क्लव अफ धौलागिरिको समेत सहभागीता रहेको थियो ।लियो क्लव अफ धौलागिरिका अध्यक्ष सौरव केसीले क्लवका सबै सदस्यहरूलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung