ताराखोला गाउपालिकाले ३९औं शिक्षा दिवश तथा १५ औं निजामती कर्मचारी दिवस संयुक्त रूपमा मनाएको छ ।
शिक्षा दिवस र निजामती दिवसको अवसरमा बिद्यार्थी हरु बिच प्रतियोगितात्मक कार्यक्रम सहित शिक्षा क्षेत्रमा योगदान पुर्याउने र निजामती सेवामा योगदान पुर्याउने कर्मचारीहरुलाई सम्मान गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनु भयो 
। 
शिक्षा दिवसको अवसरमा विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघमा रहेर योगदान पुर्याउने ५र५ जना पदाधिकारी तथा शिक्षण सेवामा रहेर बिद्यालय का लागि योगदान पुर्याउने १० जना प्रधानाध्यापक तथा शिक्षकहरुलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको ताराखोला गाउपालिकाले जनाएको छ ।
सम्मानित हुने ब्यक्तित्व हरुमा हरि माबि हिलका बिब्यास अध्यक्ष तिर्थ सिंह थापा, अर्गल माबि अर्गलका बिब्यास अध्यक्ष दिलबहादुर घर्ती , जुल्फे प्राबि ताराका बिब्यास अध्यक्ष भिम प्रसाद घर्ती, अमर प्राबि अमरभुमीका बिब्यास अध्यक्ष प्रेम प्रसाद गैरे र त्रिशुली प्राबि ताराका बिब्यास सदस्य दधिलाल सापकोटा रहनु भएको छ ।
त्यस्तै शिक्षक अभिभावक संघ तर्फ बाट नेपाल माबि ताराका अध्यक्ष धन बहादुर खत्री , काक्राखोर आ बि हिलका अध्यक्ष कर्ण बहादुर भण्डारी , बाल कल्याण प्रा बि अमरभुमी का अध्यक्ष प्रसाद निउरे, सामुदायिक बिकास प्रा बि अर्गल का सदस्य खत्री र लाबाङ प्राबि ताराका सदस्य रुपा रोका पुन सम्मानित हुनु भएको छ ।

त्यसै गरि सम्मानित हुने शिक्षकहरुमा जनप्रेम मा बि भुस्कात का प्रअ नइन्द्र बहादुर गुरुङ , प्रजातन्त्र विकास मा बि अमरभुमीका प्रअ भिमबहादुर रोका , नेपाल माबि ताराका शिक्षक रामलाल सुवेदी , हरि माबि हिलका कपिलमणि चापागाईं , दुर्गा भवानी माबि ताराका टिकाराम कडेल, अर्गल माबि अर्गलका बिर्बलाल घर्ती , मालारानी आ बि ताराका प्रअ कर्ण बहादुर केसि , युवा बर्ष प्राबि ताराका शिक्षक गौमाया घर्ती , बराहखोला आ बिका शिक्षक गिता गौतम रहनु भएको छ । सेवा निबृत प्राधानाध्यापकहरुबाट रामबहादुर रोका , भिमनाथ सुवेदी र प्रमानन्द गौतम सम्मानित हुनु भएको छ ।
सोही कार्यक्रममा परिक्षा २०७४ मा ताराखोला गापा भित्र उत्कृष्ट जिपिए ल्याउने प्रजातन्त्र माबि अमरभुमीका छात्र विवेक गैरे र नेपाल माबि ताराका छात्रा संगीता घर्तीलाई नगद र प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो ।
त्यसै गरि ताराखोला गाउँपालिका भित्र निजामती सेवामा रहेर योगदान पुर्याउने शिक्षा शाखा संयोजक डिल्ली प्रसाद सर्मा , प्राबिधिक शाखा संयोजक हरि बहादुर रावल, स्वास्थ शाखा प्रमुख शंकर बिष्ट , लेखा शाखा प्रमुख भबिलाल गौतम,अहेब दिपक खड्का , वडा न १ का सचिब जितबहादुर सुनार , तारा स्वास्थ चौकी का अनमि तन मती रोका , अर्गल स्वास्थ चौकी का अनमि सेतिकला रोका सम्मानित हुनु भएको छ ।
सोही अबसरमा आयोजना गरिएको माबि तहको शिक्षा प्रदक तिज गित प्रतियोगितामा नेपाल मा बि तारा प्रथम ,
जनप्रेम मा बि भुस्कात दित्तिय र अर्गल मा बि अर्गल तृतीय भएका छन ।त्यसै गरि प्राबि तह को श्रुति लेखन प्रतियोगिता मा जनप्रेम माबि भुस्कात का दिपा पुन प्रथम , बराहखोला आ बि हिलका अतिशा कडेल दित्तिय र दुर्गा भवानी माबि तारा का मिलन थापा मगर तृतीय भएका छन ।
कार्यक्रममा बोल्दै ताराखोला गाउपालिका का अध्यक्ष प्रकाश घर्तीलेस्थानीय तह को रुपमा भरखरै स्थापना भएको ताराखोला गाउपालिकलाई समृद्ध बनाउनका लागि सबै क्षेत्रका ब्यक्तित्व हरु र कर्मचारीहरको रचनात्मक भुमिकाका को खाचो रहेको बताउनु भयो ।
कार्यक्रम मा हरि माबि हिल का प्रअ हरि प्रसाद पौडेल , वडा न ५ का अध्यक्ष राम बहादुर रोका , अर्गल स्वास्थ चौकी का हे अ बिराजु जि सि,सामाजिक बिकास समितिका अध्यक्ष जित बहादुर खत्री , ताराखोला गाउपालिका उपाध्यक्ष डिल कुमारी पुन रोका, सम्मानित ब्यक्तित्वबाट रामलाल सुवेदी, कर्ण बहादुर भण्डारी , प्रमानन्द गौतम , हरिबहादुर रावल , तिर्थसिह थापा लगायत ले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम ताराखोला गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल्ली प्रसाद शर्माको अध्यक्ष स्वास्थ शाखा प्रमुख शंकर बिष्ट को स्वागत र पूर्णभद्र निउरे को संचालनमा सम्पन्न भएको थियो ।



















































































































































































































