८ कार्तिक २०८३, शनिबार

 

न्यू ओएसिस एकेडेमीले आयोजना गर्यो अन्तर विघालय स्तरीय बास्केटबल प्रतियोगिता

न्यू ओएसिस एकेडेमीले ३९ औ राष्ट्रिय शिक्षा दिवश र ५२ औ साक्षरता दिवशको उपलक्ष्यमा अन्तर विघालय स्तरीय बास्केटबल प्रतियोगिता आयोजना गरेको छ ।

उक्त प्रतियोगितामा ११ समुहले सहभागीता जनाएको न्यू ओएसिस एकेडेमीका प्रिन्सिपल नेत्र न्यौपानेले जनाएको छ ।विघालयले विघार्थीहरूको सृजनशिल प्रतिभालाई प्रस्फुटन गर्ने लक्ष्यका साथ बास्केटबल प्रतियोगिता लगाएतका विविध कार्यक्रम राखेको छ ।

पहिलो चरण अन्तर्गत भएको खेलमा फ्युचर बाइटर बोडिङ स्कुललाई ०-२८ स्कोरले न्यू ओयसिसले ,गरिमा आवासिय माविलाई १२-१५ स्कोरले अमर आदर्श माविलाई ७-३० स्कोरले फ्युचर बाइटर बोडिङ स्कुल क र विममाविलाई २-२८ स्कोरले पराजित गर्दै ओयसिस ख अघिल्लो चरणमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung