खस क्षत्री सेवा समाज कतारले मानव सेवा आश्रम नेपालका अध्यक्ष रामजी अधिकारीलाई सम्मान गरेको छ ।सामाजिक अभियन्ता एवं उत्प्रेरक अधिकारीलाई मानव सेवा आश्रम मार्फत समाज सेवामा महत्वपुर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
गोरखा सेवा समाजको निमन्त्रणामा आमा सेमिनारको लागि कतार आइपुग्नु भएका अधिकारीलाई एक कार्यक्रमका बिच समाजका कार्यबाहक अध्यक्ष बिश्वबन्धु थापा, संरक्षक हंसराज ढकाल क्षत्री, प्रमुख सल्लाहकार रेशम बहादुर बस्नेतले अधिकारीलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मानित गर्नुभएको हो ।
सम्मानित ब्यक्तित्व अधिकारीले विभिन्न सेमिनार मार्फत सिर्जनशिलता, सकारात्मक सोच र सामाजिक भावना सहित असल मानविय सामाजिक व्यक्तित्व निर्माण गर्दै, समृद्ध समाज र राष्ट्र निमार्णको अभियानमा उत्प्रेणा प्रदान गर्दै आउनुभएको छ ।
मकवानपुरको हेटौंडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमका देश भरमा रहेका ११ वटा शाखामा करिब ५ सय भन्दा बढीले आश्रय लिइरहेको छन ।
















































































































































































