गोरखा सेवा समाज कतारले मानव सेवा आश्रमको सहयोगार्थ ‘आमा सेमिनार कार्यक्रम सम्पन्न गरेको छ । समाजले मानव सेवा आश्रम गोरखाको सहयोगार्थ तनाव व्यवस्थापनको लागि सकारात्मक सोच प्रर्वद्धन कला एवम् खुशी एक कलासंगै आमा सेमिनार कार्यक्रम मानव सेवा आश्रम नेपालका अध्यक्ष, सामाजिक अभियन्ता एवं उत्प्रेरक रामजी अधिकारीको प्रशिक्षण दिएका छन ।
विभिन्न सामाजिक संघ–संस्था, समाजसेवी, व्यवसायी, बुद्धिजिवी, पत्रकार लगाएत करिब २ सयभन्दा बढिको सहभागितामा कतारमा पहिलो पटक आयोजना गरिएको सेमिनारमा प्रशिक्षक अधिकारीले सिर्जनशिलता , सकारात्मक सोच र सामाजिक भावना सहित असल सामाजिक व्यक्तित्व निर्माण गर्दै, समृद्ध समाज र राष्ट्र निमार्णको अभियानमा उत्प्रेणा प्रदान गरेका थिए ।
मानव सेवा आश्रमले विस २०८२ सम्ममा नेपाललाई सडकपेटी र सार्वजनिक स्थलमा कष्टकर जीवन यापन गर्न बाध्य सहयोगापेक्षी मानव मुक्त बनाउने अभियानमा रहेकोले सबैलाई सहयोगको लागि अध्यक्ष अधिकारीले आह्वान गरे ।
आश्रममा एक जनाको लागि लाग्ने खर्च मासिक ५ हजार सहयोग गर्नु हुने ब्यक्तिलाई नानी बाबुको अभिवाकत्व प्रदान गर्दै आएकोमा सो कार्यक्रम ५ जनाले अभिवाकत्व ग्रहण गरेका छन । मानव सेवा आश्रम गोरखा शाखामा रहेका बालबालिकाहरुको अभिवाकत्व ग्रहण गर्नेमा उत्तम गुरुङ, टेक प्रसाद गोतामे ज्याकि च्याङ कमल घिमिरे, धनराज गुरुङ, ओमराज गुरुङ र प्रीति घले रहेका छ्न ।
सो कार्यक्रमका संयोजक समेत रहेका रामजी खत्रीले यो वर्ष देखी २०८२ सालसम्म प्रत्येक महिना सोही विस बराबरको रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुरको हेटौंडामा मुख्य कार्यालय रहेको आश्रमका देश भरका ११ वटा शाखामा करिब ५ सय भन्दा बढीले आश्रय लिइरहेको छन ।
सेमिनार सालिमार दरवार रेष्टुरेन्ट, विन महोमुद, दोहामा गोरखा सेवा समाज कतारका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षता र महासचिव ओमराज गुरुङको संचालनमा सम्पन्न भएको थियो । मानव सेवा आश्रम गोरखामा अहिले ५२ जनाले आश्रय लिइरहेका छन् भने गोरखा नगरपालिकालाई सडक मानव मुक्त नगरपालिका घोषणा गरिसकिएको छ,।
















































































































































































