१७ बैशाख २०८१, सोमबार

 

ढोरपाटनको आलु र स्याउले बजार माग ओगट्दै , बुटवलबाट आलु आयात हुन छाड्यो ।।

ढोरपाटनको आलुले बजार माग पुर्ति गरेसंगै पछिल्लो समयमा बुटवल क्षेत्रबाट आउने आलुको माग कम भएको छ ।
विगतमा ढोरपाटनका कृषकहरुले आफुले उत्पादन गरेको आलु , स्याउ घोडा खच्चडमा गांउमा लगेर मकै कोदो लगाएतका अन्नसंग साटफेर गर्ने र बांकि रहेको खोडा खच्चडलाई खुवाउने मदिरा बनाउने गर्ने गरेकोमा पछिल्लो समय साउन महिनादेखिनै आलु र स्याउ सिमी लगाएतका लोकल , आर्गनिक सामाग्रि ढोरपाटन आलु पकेट क्षेत्र सञ्चालक समितीले खरिद गरेर देशका बिभिन्न स्थानमा पुर्याउन थालेसंगै ढोरपाटन क्षेत्रका कृषकहरुले घरमै बसेर उत्पादित बस्तु नगदमा विक्री गर्न पाएका हुन् ।

ढोरपाटन बोबाङका स्थानिय ६ जना युवाहरुको सक्रियतामा गतबर्ष देखि थालिएको आर्गनिक उत्पादनको बजारीकरणले स्थानिय बासि आफनो उत्पादन बिक्री भएकोमा खुसि हुनुका साथै समुहका ६ र अन्य २ गरी ८ जना युवाह्रुले प्रत्यक्ष रोजगारी पाएका छन् । गत साउन महिनादेखि बिक्री गर्न थालिएको ढोरपाटनको आलु हालसम्म १५ सय कुईन्टल खरिद गरीसकिएको र अझै ५ सय कुईन्टल खरिद गरेर बिक्री गर्ने लक्ष्य रहेको सञ्चालक समितीका सचिब होमलाल भुसालले बताए । आफुहरुले घरमै पुगेर आलु खरिद गर्ने र नगद पैसा बुझाउने गरीएका कारण कृषहरु समेत खुसि छन् । उता आलु उत्पादनमा युवाहरुको समेत चासो बद्दै गएका कारण कृषकहरुमा आम्दानीको श्रोत समेत बद्दै जान थालेको हो ।


ढोरपाटनमा उत्पादन हुने आलु स्वादिलो र आर्गनिक भएका कारण बागलुङ जिल्लाका अधिकांस तह संगै गुल्मिको भुवाचिदी, शान्तिपुर, पर्वतको कुश्मा , अर्घखांची, बुटवल तथा पोखरा काठमान्डौ लगाएतका सहरसम्म पुग्ने गरेको हो । इसरी लोकल आलुको माग बद्न थालेसंगै बागलुङको पश्चिम व्यापारीक केन्द्र बुर्तिबाङ बजार लगाएतका बजार क्षेत्रमा बुटवलबाट आयात हुने आलु क्रमश बिक्री हुन छोडिसकेको व्यवसायिहरुको भनाई छ । समितले बुर्तिबाङ बजारमा २ वटा आलु, स्याउ राख्ने स्टोर बनाएको छ । जसमा आलु जम्मा गरेर समय समयमा आफनै ट्याक्टर मार्फत बजारीकरण गर्दे आएको छ ।

बैदेशिक रोजगारीको क्रममा धेरै देशमा हण्डर खाएका त्यहांका युवाहरुको सक्रियतामा आफनै गांउमा केहि गर्न सकिन्छ भन्ने मान्यताका साथ आफुहरुपनी रोजगारी बन्ने, ग्रामिण क्षेत्रमा उत्पादित बस्तुलाई बजारीकरण गर्ने र गांउका बेरोजगार युवाह्रुलाई कृर्षि प्रणालीमा सहभागि बनाउने उदेश्य सहिते यसरी आर्गनिक खाध्य बस्तु उत्पादन र बजारीकरणमा लागिएको समितीका अध्यक्ष चिरण घर्तिमगरले बताउनु भयो । समुहमा आबद्ध केहि युवाले ढोरपाटन देखि आलु र स्याउ बुर्तिबाङ बजार सम्म पठाउने केहिले बुर्तिबाङ बजार देखि बिभिन्न शहरमा आलु स्याउ पठाउने गरेका छन् ।

उता गतबर्षसम्म स्थान नपाएको ढोरपाटनको स्याउले समेत यसबर्ष ग्राहको मन जित्न थालेको छ ।
विगतका बर्षमा स्वादिलो नहुने र दाग भएका मात्र स्याउ बजार आउंदा कसैले नरुचाउने भएपनी पछिल्लो समय स्वादिलो र आर्कषक देखिने रोयल देलिसेस, गोल्डेन जातका स्याउ उत्पादन हुन थालेसंगै बजारमा ढोरपाटनको स्याउको माग बृद्धि भएको समितीका सचिव भुसालले बताए ।

स्याउ उत्पादनका निम्ती जिल्ला कृर्षि कार्यालय लगाएत बिभिन्न संघसंस्थाले कृषहरुलाई तालिम समेत दिएका थिए । आलु र स्याउ बिशेष गरी ढोरपाटन नगरपालिकाको वडा नं ७, ८ र ९ को कांग, मस, नौथर गांउ, विजौली खोला, उत्तरगंगा, पाखाथर, नवि लगाएत निसीखोला गांउपालिकाको वडा नं ६ मा पर्ने निशेलढोरमा समेत उत्पादन हुने गरेको हो । कृषहरुले पाखो बारीमा जैविक मलको मात्र प्रयोग गरेर आलु उत्पादन गर्ने गरेका छन् ।

कृषकहरुको सक्रितयामा भएको आर्गनिक खाध्य बस्तुको उत्पाद, बजारीकरण र स्थायिय स्तरमै रोजगारीको सृजना भईरहंदा यसले सकारात्मक शन्देश त दिन्छ नै तर युवा कृषहरुलाई थप हौसला दिने कार्यक्रम स्थानिय तहले सञ्चालन नगर्नु र आवस्यक तालिम, सिप ज्ञान सिकाउन समेत चासो नंदिदा कृषकहरुमा जती आकर्षण हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन् । मौखिम भाषणमा मात्र कृर्षिको बिकास भन्ने नाराले प्रभाबकारीता देखाउंदैन् ।

प्रतिक्रिया दिनुहोस्