रोजगारी को शिलशिलामा ताराखोला गाउँपालिका भित्रका विभिन्न ठाउँबाट जापानमा बस्दै आएका जपानवासी ताराखोलेको भेलाले ताराखोला समाज जापान को गठन गरेको छ ।
सामाजिक हितमा काम गर्ने मुख्य उदेश्य सहित जापानको टोकियो स्थित मिलन रेष्टुरेन्टमामा भएको भेलाले केदार थापाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समिती को उपाध्यक्षमा अनुप केसी, नइन्द्र थापा र डम्मर थापा, सचिबमा बिष्णु केसी कंडेल, सह सचिबमा लालबहादुर घर्ती मगर र कोषाध्यक्षमा डम्मर बहादुर धिमिरे रहेका छन् । यसैगरी सदस्यमा कमला चोखाल, भविन्द्र चोखाल, नविन घर्ती मगर, टेक ब बस्नेत ,चित्र ब क्षेत्री, हरी ब क्षेत्री, बुद्दी थापा, मान शिंह लोहनी, नर ब निउरे, ग्याम ब थापा, राजु के सी र गंगा घर्ती रहेका छन ।
त्यसै गरि भेला ले कृष्ण गौचन को संयोजकत्वमा नर बहादुर थापा , तेजिन्द्र थापा रहेको ३ सदस्यीय संरक्षक समिति र तेज बहादुर चालिसे को संयोजकत्वमा पदम ब बुढाथोकी, रतन थापा, मेघराज कंडेल, गमन ब बुढाथोकी, शन्त ब थापा, दल ब खत्री, डन्ड ब चालिसे, रामु चालिसे रहने गरि ७ सदस्यीय सल्लाहकार समिती समेत गठन गरेको छ ।
संगठनको बिधि बिधान, ऊद्देस्य र निती नियम भने समितीको पहिलो बैठकले परामर्स र छलफल पछि पारित गर्ने सहमती भएको ताराखोला समाज जापान का अध्यक्ष केदार थापा ले जानकारी दिए ।
प्रदेश मा रहेर ताराखोलाको समृद्धिका लागि केही गर्न सकिन्छ कि भन्ने सोच का साथ समाज को गठन गरिएको सहसचिव लाल बहादुर घर्तीले बताए ।
















































































































































































