३ जेष्ठ २०८१, बिहीबार

 

किवी खेतीबाट लाखौको आम्दानी

बागलुङ ।
प्रायः मानिस राम्रो जागिरको खोजीमा रहन्छन् । छोटो समयमै धेरै कमाउन चाहान्छन् अनि कोही विदेश छिर्छन त कोही जागिरकै निम्ति शहर पस्ने गर्दछन् । समाजमा केही गर्न खोज्ने व्यक्तिलाई हेपुवा प्रबृत्ति त छदैछ , खुट्टा तान्ने प्रबिृत्ति पनि जिवीतै छ , हाम्रो समाजमा ।
अपवातमा मात्र केहि युवा स्वदेशमै केहि गरेका छन् ।

धेरै युवाहरुले लाखौ रकम दलाललाई सुम्पि पैसा झ्वाम पारेका छन् भने कोही अनेकौँ ठक्करका कारण अन्तिम बिकल्पको रुपमा स्वदेशमै केहि गरी मनग्य आम्दानी लिईरहेका छन् । त्यहि पेशा हो कृषि । पछिल्लो समय कृषि पेशा गर्नेको सङ्ख्या बढ्ढो छ । केहिले मौसमी,बेमौसमी तरकारी लगाई राम्रो आम्दानी लिईरहेका छन त केहिले गाई भैसीँ पालन,भेडाँ बाख्रा पालन, कुखुरा पालन लगायतबाटै मनग्य आम्दानी पाईरहेका छन । यहि माहोलमा अरुले भन्दा केहि फरक फलफुलको राजा किवी खेतिबाट मनग्य आम्दानी नजिक पुगेका छन ढोरपाटन नगरपालिका वडा नम्बर ३ पुर्कोटका मिहिनेति किसान राजेन्द्र पुन ।

पुन पनि ठुल्लै रकम कमाउन बिदेश भने नपुगेका होइनन् । पछि बिदेशको दुःख सम्झिँ आफ्नै गाउँठाउँमा केहि गरेर बस्ने निष्र्कषमा पुगे । बिश्व बजारमा समेत किवी फलको माग बढि रहेको थाहा पाए पछि पुनले निर्वाह मुखी कृषि पेशा सगैँ बिगत ४ बर्ष पहिले करिब २ लाख लगानीमा आफ्नोे १३ रोपनी जग्गामा प्रतिबोट रु २६५ का दरले १७० बोट किवी लगायका थिए । कोदो र मकै फल्ने बारीमा किवीको बिरुवा लगाउदा पुनको मति बिग्रियो भन्ने धेरै थिए । हुन पनि वर्ष भरी खाने खाद्यान्न उत्पादन हुने ठाउँमा लहरो प्रजातिको बिरुवा रोप्दा गाउलेलाई पत्यार लाग्ने विषय पनि थिएन । अन्तत ः उनले कीवी फलाएर पनि देखाए । विशेष त पहाडी भु भागमा फल्ने किवीे लगायको ५ वर्षमा उत्पादन दिन सुरु गर्छ भन्ने सुनेका पुनको बारीमा लगायका बोटले भने ४ वर्षबाटै फल दिन सुरु गरेको थियो । रहरैरहरमा सुरु गरेको किबी खेति अहिले पुनको लागि आम्दानीको आकर्षक माध्यम बनेको छ ।

पहिलो बर्ष त्यति जानकारी नभएकाले पुनले करिब ४० किलो जति त बेच्न भन्दा पनि आफन्त, स्टमित्र, छरछिमेकीलाई चखाए । यो बर्षबाट भने पुनले आम्दानी लिन सुरु गरे । यो सिजनमा अहिले सम्म करिब ५० हजार बराबरको बेचिसकेको र अझै २ सय किलो बराबरको किबी रहेको समेत पुनले बताए । बुर्तिबाङ बजारमा नजिकै रहेकाले पनि केहिले बारीमै पुगेर किनिदिए,केहिले घरमै ल्याईदिन आग्रह पनि गरे यहिले बगानबाट किबीको फल टिपेर भण्डारण गरिएको छ ।

७–८ दानाले एक केजी पुग्ने किबी स्थानिय बजारमा प्रति केजी ४ सयका दरले बिक्री भईरहेको र पहिले पहिले त प्रति केजी ५सयका दरले बिक्री भएको समेत पुनले बताए । किबीको एक बोटमा कम्तीमा ५ केजीदेखी २० केजीसम्म उत्पादन हुने गरेको बताउदै एकै बोटमा ५० केजी सम्म फल लाग्ने समेत बताए । सुरुवाती चरणमा केहिले चाख्नकै निम्ति भएपनि खोसाखोस नै भएको,केहिले किबीको महत्व बुझिसकेको र केहिले बुझ्ने क्रम जारी रहेको समेत पुनले बताए ।

उनले किबी खेतीका लागि औपचारीक तालिम भने लिएका छैनन् । गाउँमा केहिले रोजगारी पनि पाईरहेका छन । छोरा छोरि अध्ययनकै क्रममा नै रहेकाले जनतन श्रीमति सगैँ परम्परागत कृषि र कुटानी पिसानीको मिल सञ्चालन गरीरहेका पुनले कृषि सेवा केन्द्र बुर्तिबाङका पूर्व प्राविधिक देबेन्द्र बेल्वासेबाट किबी खेतीको बारेमा जानकारी लिए लगत्तै सुरु गरेको उनले बताए ।

पुनका अनुसार समुद्री सतहबाट २५ सय मिटरमाथि अर्थात सुन्तला फल्ने क्षेत्रमा किबी खेती उपयुक्त मानिन्छ । किबीलाई प्रशस्त पानीको श्रोत भएको र चिस्यान भएको ठाउँ उपयुक्त मानिन्छ । हिउँदको याममा किबीलाई कम्तीमा १० दिनमा पानी दिनु अनिवार्य हुन्छ । किबी खेतीभित्र अन्य बालीनाली लगायर दोहोरो फाईदा लिन समेत यो खेती लाभदायक मानिन्छ । अझँ किबीको परागसेचन र मह उत्पादनको लागी मौरी पालन गर्दा उचिँत रहने समेत पुनले बताए ।

थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने भएकाले किबी खेति सुरु गरेको पुनको भनाई छ । बजार हेरी आगामी दिनमा अझै बढाउने सोचमा रहेको समेत पुनले बताए । आफु जस्ता हजारै किसानहरुलाई सरकार,स्थानिय सरकारले केहि अनुदानको मिलाएको खण्डमा लाखौ युवा स्वदेशमै फर्कने समेत तर्क राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्