५ कार्तिक २०८३, बुधबार

 

कृषी पेशालाई मर्यादित पेशाको रुपमा विकास गर्न जोड

बागलुङ
कृषि पेशालाई मर्यादित पेशाको रुपमा विकास गर्नुपर्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । राष्ट्रिय किसान आयोगको आयोजनामा बागलुङमा आयोजिक प्रदेशस्तर तथा जिल्लास्तर किसान संघ संगठन संजालहरुको अभिमुखिकरण कार्यक्रममा सो कुरा बताईएको हो ।

कार्यक्रममा सहभागिले किसानले उत्पादन गरेका वस्तुहरुलाई बजारिकरणको व्यवस्थापनका लागि राज्यले उचित पहल थाल्नुपर्ने बताएका छन । उनिहरुले कृषिलाई सम्मानजनक र आकर्षण पेशाको रुपमा समेत विकास गर्न जरुर रहेको बताएका छन । मुलुकमा उत्पादन बढाउनका लागि भुमि व्यवस्थापनमा राज्यले ध्यान दिनुपर्नेमो जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय किसान आयोगका सदस्य बसन्ती घिमिरेले आयोगले किसानहरुको बर्गिकरणको काम थालनी गरेको बताएकी छन । उनले किसानहरुलाई उत्पादनलाई आधार मानेर अनुदान दिनुपर्ने बताएकी छन ।

पछिल्लो सयमा बास्तविक किसान भन्दा नि फरक क्षेत्रमा अनुदान गएको गुनासो बढेको छ ।, घिमिरेले भनिन, ‘जसले श्रम गर्छ र उत्पादन बृद्धि ल्याएको छ त्यही किसानलाई अनुदान प्रदान गर्ने कार्यक्रम ल्याउनुपर्दछ । त्यसका लागी आयोगले उत्पादनलाई आधार बनाएर किसानहरुको बर्गिकरण गर्ने छ त्यसो गर्दा राज्यले दिएको अनुदान लक्षित वर्ग सम्म पुग्नेमा हाम्रो विश्वास रहेको छ ।

पछिल्लो समयमा खुल्ला सिमानाका कारण पनि किसानहरु मर्कामा परेको बताएकी छन । विभिन्न नाकाबाट छिमेकी राष्ट्रमा उत्पादन भएको बस्तु हाम्रो देशमा भित्रिन्छ घिमिरेले भनिन, ‘उता बाट आएको सस्तो हुन्छ हाम्रो देशमा उत्पादन भएको बस्तुको मुल्य पर्दैन अनि किसान मर्कामा पर्दछन । त्यसका लागि राज्यले यहाँ उत्पादन भएको बस्तुको प्रोत्साहन गर्न जरुर छ भने बाहिर बाट आयत भएको बस्तु रोक्न जरुर रहेको छ ।

आयोगले हरेक प्रदेशमा बस्तुको मुल्य निर्धारण समिति बनाउने समत जानकारी गराएकी थिईन । विभिन्न संघ संगठन र संजालहरुमा आवद्ध किसानहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको आयोगले जनाएको छ । देशका सातै वटा प्रदेशमा यो कार्यक्रम गर्दै आईरहेको छ गण्डकी प्रदेशको पनि बागलुङ, पर्वत, र म्याग्दीलाई लक्षित गरी बागलुङमा र अन्य जिल्लाका लागि तनहुँमा कार्यक्रम गरिएको घिमिरेले बताईन ।

देशमा किसानका पक्षमा वकालत गर्ने विभिन्न विषयगत संघ संस्थाहरु त छन तर किसान र कृषिको मुद्धामा समन्वयकारी भुमिका निर्वाह गर्ने कुनै संस्था नभएको कारण सरकारले आयोग गठन गरेको समेत उनले जानकारी दिईन ।

दुई दिन सम्म संचालन हुने कार्यक्रममा म्याग्दी, पर्वत, बागलुङका विभिन्न किसान संघ संगठन र संजालका प्रतिनिधि तथा अगुवा कृषकहरुको सहभागिता रहेको छ । कार्यक्रममा यस क्षेत्रमा कृषिको सम्भावना र चुनौतीका बारेमा समेत छलफल भै रहेको सहभागिले बताएका छन । ग्रामिण कृषि कार्यकर्ता संजाल नेपालका केन्द्रिय अध्यक्ष ऋषिराम भुषालको अध्यक्षता राष्ट्रिय किसान आयोगका पशु विकास अधिकृत रमेश सिंहको स्वागत र बरिष्ठ कृषि विकास अधिकृत ईश्वर विष्टको संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung