युएई,पुष १६।संयुक्त अरब इमिरेट्समा अबैधानिक कामदार लाई बैधानिक बनेर बस्न वा स्वदेश फर्किन दिइएको समय सिमा सोमबार सकिएको छ।
युएई सरकारले गत अगस्ट १ तारीख बाट लागू गरेको आममाफी कार्यक्रम अक्टोबर ३० तारीखमा सकिए पनि अबैधानिक रूपमा बसेका आप्रवासी हरुलाइ समय सिमा कम भएको भन्दै पुन दुई महिना थप गरि डिसेम्बर ३१ तारीख सम्मको समय सिमा तोकिएको थियोे।
सरकारले आममाफी कार्यक्रममा सहभागी भएका आप्रवासी नागरिक लाई स्वदेश फर्किन वा युएईमा बस्न चाहाने लाई ६ महिना सम्मको अस्थाई बसोबास अनुमति पत्र दिएर काम खोजी लाग्न सक्ने अवसर प्रदान गरेको थियोे ।
सोमबार आममाफी कार्यक्रम सकिए संगै युएईको नागरिकता पहिचान तथा परिचयपत्र बितरण बिभागले सरकारले लागू गरेको कार्यक्रम लाई ब्यवास्था गरि युएईमा नै लुकेर बस्ने माथि कडा कारबाही गरिने खलिज टाइम्समा उल्लेख छ।
आफ्नो स्थिति परिमार्जन गरि सुरक्षित रहनुस” भन्ने कार्यक्रम बाट हजारौं आप्रवासीहरुले सेवा लिएको बताउदै कार्यक्रममा सहभागी नहुने माथी दण्ड जरिवाना सहित जेल सजाय समेत हुनसक्ने (FAIC) ले चेतावनी दिएको छ।
















































































































































































