६ जेष्ठ २०८१, आईतवार

 

गलफ्रेन्डको ‘हुनेवाला लोग्ने’ आएपछि भाग्दा मलेसियामा नेपाली युवकले ज्यान गुमाए

प्रेमिका भेट्न गएका एक नेपाली युवकको घरको चौथो तल्लाबाट खसेर मृत्यु भएको छ।

मलेसियाको बयन बारु नजिकै आइतबार बिहान सो घटना भएको मलेसियाली प्रहरीले बताएको छ।

मृत्यु हुनेमा जर्ज टाउनस्थित सुपर मार्केटमा सेल्सम्यान २४ वर्षका सन्दीप बोट भएको मलेसियाली सञ्चार माध्यमहरुले जनाएका छन्।

आफूसँगै काम गर्ने केटी साथीलाई भेट्न बोट बिहान साढे २ बजे महिला युनिटमा पुगेका थिए।

बोट जुन केटी साथीलाई भेट्न गएका थिए, ती केटीको बिहेका लागि मगनी भइसकेको थियो।

केटी साथीसँग रहेकै बेला बिहानै पाँच बजे हुनेवाला लोग्ने अकस्मात कोठामा त्यहाँ आइपुगे।

त्यसपछि भान्साघरका रहेको ढोका खोलेर भाग्न खोज्दा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको धक्कामुक्की वा अन्य कुनै प्रकारका अपराधिक घटनाका संकेत नदेखिएको जनाएको छ ।

प्रहरीले पोस्ट मार्टम गर्न शव अस्पताल गरिएको र यस विषयमा थप अनुसन्धान भैरहेको जनाएको छ

प्रतिक्रिया दिनुहोस्