२ जेष्ठ २०८१, बुधबार

 

दुग्ध उत्पादक कृषकहरु एकिकृत बन्दै, फर्म खोल्ने तयारी

छविलाल पाण्डे । ढोरपाटन नगरपालिका अन्र्तगत रहेका दुग्ध उत्पादक कृषकहरुले आफनै दुग्ध पसल सञ्चालन गर्ने भएका छन् ।

पछिल्लो समय दुध उत्पादन तर्फ कृषहरुको आर्कषण बढ्दैै जाँदा आफुले उत्पादन गरेको दुध आफै बजारी करण गर्ने उदेश्य सहित स्थानिय ४३ जना कृषकहरुको एक समुह गठन गर्दे आगामी माघ पहिलो सातादेखि बुर्तिबाङमा दुध डेरी सञ्चालन गर्ने गरी आवश्यक तयारी भइरहेको ढोरपाटन दुग्ध उत्पादक कृषक समुहका अध्यक्ष कृष्ण कंडेलले बताए ।

हाल नगरपालिका अन्र्तगतका कृषकहरुले दैनिक ३ सय देखि ३ सय पचास लिटर दुध बुर्तिबाङ बजारमा ल्याउँदै गर्दा आफुहरुले उत्पादन गरेको दुध सिधै व्यवसायीदेखि ग्राहकसम्म पुर्याउने उदेश्यसहित आफुहरुले यस्तो अभियान थालीएको उनले बताए ।

कृषकहरुको भेलाले ११ सदस्यि कार्यसमितीको गठन गर्दे बजारमा दुध बिक्री केन्द्र सञ्चालन गर्नका निम्ती आवस्यक तयारी गरीरहेको र नगरपालिकामा फर्म दर्ता गरेर माघ महिनादेखिनै आफुहरुले पसल सञ्चालन गरीने बताइएको छ ।

दुध बिक्री नभएर खेर नजाओस भन्नका निम्ती ढोरपाटन नगरपालिकामा दुध चिस्यान केन्द्र र मिल्क एनलाइजर मेशिन माग गरिएका कारण उक्त मेशिन प्राप्त भएसंगै दुधको व्यवस्थापन सहज तवरले हुने बताइएको छ ।

हाल बुर्तिबाङमा ३ वटा दुध डेरी सञ्चालनमा छन् । बजारमा ढोरपाटन नगरपालिकाको वडा नं १ भव्रेटा, २ को सेरा, रिनाम, कुत्थाप्ला, सलामकोट, खल्बाङ, अर्नाक, वडा नं ३को पुर्काट, ४ को खुंगा छोरेगाउँ, ५ को अधिकारीचौर, नाथुरी र वडा नं. ६ को सहिखोला लगाएतका क्षेत्रबाट कृषहरुले दुध बिक्रीका निम्ती डेरी तथा आफना ग्राहक सामु ल्याउने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्