मलेशिया,माघ १५।मलेसियाको सेलंगर स्थित सापाङ छेत्र नजिक रहेको डब्लु आर पि एसिया प्यासिफिक ग्लोभ कम्पनीमा कार्यरत कामदारले तीन महिनादेखि काम गरेको तलव नपाएपछि आन्दोलनमा उत्रिएका छन्।
कम्पनीमा कार्यरत कामदारहरुले ३ महिना काम गर्दा एक महिनाको मात्रै तलब पाएको र बाकी तलब माग्दा दिन्छौ भन्दै काममा लगाएर अहिलेसम्म नदिएपछि बाध्य भएर हडताल गर्नुपरेको पीडितको भनाइ छ।
हामिले हाम्रो श्रम को मुल्य मागेको हौ तर कम्पनीले आनाकानी गर्दै आएपछि बाध्य भएर कम्पनी विरुद्ध उत्रनुपरेको उनिहरु बताउछन् ।कम्पनीमा कामदारहरु हडतालमा उत्रिए पनि दुतावास बाट अहिलेसम्म कुनै प्रतिनिधि नगएको उनिहरुले गुनासो गरेको छ्न ।
यता मलेशिया स्थित नेपाली दूतावासले भने नेपाली कामदारले गरेको आन्दोलन बारे जानकारी भएपनी कुनै निवेदन नआएको बताउदै निवेदन आएका तत्काल कम्पनी विरुद्ध कारबाही सुरु गर्ने जानकारी दिएको छ।
हातमा लगाउने पन्जा (ग्लोभ) बन्ने उक्त कम्पनी मलेशियाको नाम चलेको कम्पनी मध्य एक हो ।
कम्पनीमा हाल २ हजारको हाराहारीमा नेपाली सहित बाङ्लादेशि, भारतीय र अन्य देशका हजारौं कामदार कार्यरत छन्।
यश अघि पनि विभिन्न समयमा कम्पनीमा यस्तै समस्या देखिए पछी नेपाल सरकारले यसलाई कालोसूचीमा राखेको थियोे। कम्पनीले श्रमिकको शोषण गरिरहेको भन्दै यसअघि पनि बेलायती सञ्चार माध्यम गार्जियनले समाचार प्रकाशित गरेको थियो । भने मलेशियाका मानव सम्साधन मन्त्री स्वयम उपस्थित भएर कामदारका समस्या बुझेका थिए।
कम्पनिमा आन्दोलित कामदारहरुको स्थिति सामान्य नरहन सक्ने भन्दै मंगलवार विहानैदेखि कम्पनी आसपासमा ठुलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ।
सरकारले मलेशियामा पुन नेपाली कामदार पठाउन सुरु गरे पनि मलेशियामा कार्यरत नेपालीहरुले भने मलेशियन सरकारले नेपाल सरकार संग गरेका सबै सम्झौता अक्षराम्स कार्यनयन नगरेसम्म नेपाली पठाउन नहुने बताएका छन्।।


















































































































































































