१९ भाद्र २०८३, शुक्रबार

 

मलेशियामा अवैधानिक कामदारमाथि धरपकड सुरु, ९ नेपालीसहित सय बढी आप्रवासी पक्राउ

 

मलेशिया, माघ २६। मलेशियाको अध्यागमन बिभागले त्यहाँ कार्यरत अबैधानिक आप्रवासी कामदार माथिको धरपकड पुन सुरु गरेको छ।

बिहिवार मलेशियाको राजधानी क्वालालम्पुर स्थित सिटि सेन्टरमा छापा मार्दा अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका ९ नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक लाई पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

मलेशियाको अध्यागमन बिभागले केहि समय अघि मात्रै अबैधानिक रहेका लाई वैधानिक बन्न वा स्वदेश फर्किन आम माफिको समेत ब्यबस्था गरेको थियोे।आममाफीमा सहभागी नभै अबैधानिक रूपमा नै मलेशियाका कार्यरत रहने र उनीहरुलाई रोजगार दिने रोजगारदाता कम्पनी लाई समेत कारबाही गरिने गृह मन्त्रालयले एक बिज्ञप्ति मार्फत जनाएको थियोे।

गएको जनवरी महिनामा ५ हजार ९१ जना अवैधानिक कामदार र उनीहरुलाई काम दिने ८३ जना रोजगारदातालाई पक्राउ गरिएको अध्यागम विभागको भनाई छ । मलेशियन सरकारले हरेक बर्ष आफ्नो देशमा अबैधानिक रूपमा कार्यरत आप्रवासी कामदार लाई स्वदेश फर्काउने कार्यक्रम संचालन गर्दै आएको भएपनी अझै लाखौ अबैधानिक कामदार मलेशियामा कार्यरत रहेको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung