बागलुङ। कृषि ज्ञान केन्द्र कार्यालय को आयोजनामा पर्वत र बागलुङ जिल्लाका कृषकहरुलाई फलपूल नर्सरी तथा बगैँचा व्यवस्थापन सम्बन्धि दुई दिने तालिम प्रदान गरिएको छ ।
कृषकहरुलाई फलफूलका बगैँचाहरुको व्यवस्थापन, फलफूलका बिरुवा तथा हाँगाको काँटछाँट, नर्सरी व्यवस्थापन, फलफूलमा लाग्ने रोग तथा किराहरुको नियन्त्रणका उपायहरुको बारेमा तालिममा जानकारी दिइएको कृषि ज्ञान केन्द्रका प्रमुख बरीष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताए । तालिममा २५ जना कृषक सहभागी थिए ।
बरीष्ठ कृषि विकास अधिकृत रेग्मी सहित बागवानी विकास अधिकृत सोनी राना, बाली संरक्षण अधिकृत नारायण पौडेल, कृषि अर्थ बिज्ञ श्रीधर खनाल, कृषि प्रसार अधिकृत बिनोद शर्मा, प्राबिधिक सहायकहरु रामकृष्ण अर्याल, नमनारायण शर्मा र नवराज बरुवालले प्रशिक्षण दिएका थिए ।













































































































































































































