काठमाडौँ। देशभर आइतबारको मौसम दिनभरी बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन र चट्यांग, हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ।
पश्चिमी वायु र पूर्वमा बनेको न्यूनचापीय रेखाको प्रभावले अहिले सफा भएको ठाउँको मौसम पनि दिउँसोपछि बदली भई धेरै ठाउँमा हुरीबतास र चट्याङसहित पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्।
आइतबार राति पनि देशभर मौसम बदली हुने र केहि स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।























































































































































































