काठमाडौं। आगामी तीन दिनसम्म देशका अधिकांस भू-भागको मौसम बदली रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज(सोमबार) पश्चिम, मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। त्यसैगरी मध्य क्षेत्रका केहि स्थानहरूमा र पूर्वी तराईमा हावाहुरीको सम्भावना छ।
आज पूर्वी तराईमा मध्यान्हपछि हावाहुरीसहित वर्षाको सम्भावना रहेपनि ठूलो हावाहुरीको सम्भावना भने नदेखिएको मौसमविद्को भनाई छ।
महाशाखाका अनुसार आज राति पनि देशभरि आंशिकदेखि सामान्य बदली रहने र पश्चिमका पहाडी भूभाग तथा मध्य र पूर्वका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।























































































































































































