२१ बैशाख २०८१, शुक्रबार

 

पर्वतमा रैथाने धान संरक्षण गरिँदै

पर्वतमा रैथाने धानबालीको संरक्षण गरिन थालिएको छ । जिल्लाको फलेवास नगरपालिका–१० कुर्घामा पकेट क्षेत्र बनाएर स्थानीय रैथाने जेठोबुढो जातको धान संरक्षणको अभियान शुरु गरिएकाे छ ।

प्रधानमन्त्री आधुनिकिकरण परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्रले कृषकहरुलाई जेठोबुढो धानको संरक्षण गर्न प्रेरित गरिरहेको छ । कार्यालयले कृषकहरुलाई खेत जोत्ने १३ वटा हाते ट्रयाक्टर वितरण गरेको छ भने ५ क्विण्टल धानको बीउ उपलब्ध गराएको छ । त्यस्तै सिँचाईको सुविधा समेत पुर्‍याउन थालिएको छ ।

कुर्घाफाँटको ६० हेक्टर जमिन चक्लाबन्दि गरेर धानको पकेटक्षेत्र बनाईएको छ । स्थानीय २० परिवारलाई रैथाने जातको धान उत्पादन गर्न समूहमा आवद्ध गराईएको कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो ।

जेठोबुढो धानको संरक्षण कार्यक्रमका लागि १० लाख रुपैयाँ बजेट समेत उपलब्ध गराईएको छ । कृषक बुद्धिराम शर्माको अध्यक्षतामा पकेट सञ्चालक समिति गठन गरिएको छ । समूहमा कुर्घाका कृषकहरु आवद्ध भएका छन् ।

जेठोबुढो धान स्वादिलो, पोषिलो, वास्नादार र मसिनो दाना हुने चामल हो । यो धान पछिल्लो समय लोप हुदैं गएको छ ।

प्रतिक्रिया दिनुहोस्