२ कार्तिक २०८३, आईतवार

 

तीन दिन देशभर मौसम बदली, हावाहुरीसहित वर्षाको सम्भावना

आज आइतबार काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही अपरान्ह पछि मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति पनि देशभर मौसम बदली रही देशको पूर्वी भू-भागको केही स्थान र मध्य तथा पूर्वीका थोरै स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी तीन दिन देशभर मौसम वदली रहने र अधिकांस भु-भागमा मेघ गर्जनसहित वर्षा र हावाहुरीको पनि सम्भावना रहेको छ ।

अहिले प्रिमनसुन (मनसुन सुरु हुनुभन्दा पहिले)को समय भएकाले यस्तो मौसमी गतिविधि भईरहेको र मनसुन सुरु हुन अझै दुई साताभन्दा बढी लाग्ने मौसमविद्को भनाई छ। मनसुन प्रवेशको औसत समयभन्दा केही दिन ढिला गरी नेपालमा मनसुन प्रवेश गर्ने पूर्वानुमान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung