३ श्रावण २०८३, आईतवार

 

शिशिरको मृत्यु विष सेवनबाट

कीर्तिपुरको पुष्पलाल चोकमा शनिबार शव भेटिएका युवकको मृत्यु विष सेवनबाट भएको प्रहरीले जनाएको छ ।

शिक्षण अस्पतालमा गरिएको शव पोस्टमार्टममा उनले विष सेवन गरेको भेटिएको हो ।

काठमाडौं मेडिकल कलेजमा एमबीबीएस चौथो वर्षको परीक्षा दिएर बसेका २४ वर्षीय शिशिर खनालको सडेको अवस्थामा शव फेला परेको थियो ।

अर्घाखाँची स्थायी घर भई कोटेश्वर बस्दै आएका उनले आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ ।

बुबाआमा सडक दुर्घटनामा बितेपछि उनी परिवारका अन्य सदस्यसँग बस्दै आएका थिए ।

शिशिरले हराएकै दिन विष खरिद गरेको भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरीका अनुसार जेठ १७ देखि बेपत्ता शिशिरले सोही दिन घरनजिकैको एग्रोभेटबाट आल्मुनियम फोस्फेट नामक विषादी खरिद गरेका थिए ।

पढाइमा लगनशील शिशिर २०५८ सालमा परिवारसँगै सडक दुर्घटनामा परेका थिए ।

उक्त दुर्घटनामा आफू जोगिए पनि बाबुआमा गुमाउनुपरेपछि उनी डिप्रेसनमा रहेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

शिशिर चढ्दै आएको मोटरसाइकल केही दिनअघि कीर्तिपुरको पुष्पलाल पार्कमा भेटिएपछि प्रहरीले सोही क्षेत्रमा खोजी जारी राखेको थियो ।

पोस्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइसकिएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुहाेस्

कीर्तिपुरको जंगलमा भेटियो एमबीबीएस विद्यार्थीको शव

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung