१५ कार्तिक २०८३, शनिबार

 

पोखरा जाने पुल भाँचियो!

पृथ्वी राजमार्गमा हुँदै पोखरा जाने विजयपुर पक्कीपुल भाँचिएको छ । पुल भाँचिदा ठूला सवारीलाइ प्रतिबन्द लगाइएकाे छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीका अनुसार पुल पहिले देखिनै धरापमा रहेको थियो ।

ठूला सवारी साधनमा रोक लगाइएको थियो कार्कीले भने ‘अहिले भाँचिएको भन्ने खबर आएको छ हामी त्यसतर्फ जाँदैछौँ ।’

पहिले देखिनै पुल जिर्ण थियो त्यसकारण सवारी साधनलाई डाइभर्सनको व्यवस्था गरेको कार्कीको भनाइ छ ।

तर डाइभर्सन पनि प्रभावकारी नहुने देखिएपछि अस्थाई पुल निर्माण शुरु गरिएको थियो। शुरु गरिएको निर्माण प्रभावकारी हुन सकेको छैन । निर्माण कम्पनीले ठेक्का सदर गरेअनुसारको समय अवधि सकिएको छ ।

जेष्ठ २२ गतेसम्म अस्थाई पुल निर्माणको काम सक्ने जिम्मा पाएको सगरमाथा जेजे कम्पनीले तोकिएको समयमा काम सम्पन्न नगर्दा वर्षायाममा सवारी साधन आउ जाउमा समस्या परेको छ । सडक डिभिजिन कार्यालयले भने निर्माण छिट्टै हुने दाबी गरेको छ ।

समाचारबारे क्षमा प्रकट

याे पढ्नुहाेस्

पुल चिरा परेपछि ठूला सवारीसाधन बन्द – कास्की प्रहरी प्रमुख कार्की

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung