३ श्रावण २०८३, आईतवार

 

३० वटा कार्गेड मोटरसाइकल नेपाल भित्रियो

प्रहरीले विशिष्ट व्यक्तिको सुरक्षाका लागि खरिद गरेको कार्गेट मोटरसाइकल नेपाल आइपुगेको छ । प्रहरीले मोटरसाइकल खरिदका लागि केही समयअघि गरेको टेन्डरमा सुजुकीले मोटरसाइकल खरिदको टेन्डर जितेको थियो ।

प्रहरीले खरिद गरेको मोटरसाइकल नेपालमा आइपुगेर तयार पार्ने क्रममा फोटो फेला परेको छ। प्रहरीले १३ करोड ९७ लाख रुपैयाँमा ३० वटा सुजुकीका मोटरसाइकल खरिद गरेको हो ।

जापानी मोटरसाइकल उत्पादन कम्पनी सुजुकीले उत्पादन गरेको ६ सय ५० सीसी इन्जिन क्षमताका ३० वटा मोटरसाइकल आइपुगेको हो । नेपालका लागि सुजुकी मोटरसाइकलको आधिकारिक बिक्रेता भीजी सुजुकीले उक्त मोटरसाइकल ल्याएको हो ।

भीजी सुजुकीको टेकूमा रहेको पीडीआई (प्रि डेलिभरी इन्सपेक्सन) सेन्टरमा मोटरसाइकल जडान भइरहेको छ । जापानबाट सीबीयू (कम्प्लिट बिउल्ड युनिट) आयात भएको हो । अबको केही समयमा कम्पनीले उक्त मोटरसाइकल नेपाल प्रहरीलाई हस्तान्तरण गर्नेछ । मेरो अटो

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung