फाइल तस्बिर
पर्वत जिल्लामा गत जेठ ९ र १० को असिनापानीले ८ करोड २८ लाख १० हजार ५ सय १० रुपैयाँबराबर क्षति भएको पाइएको छ । कृषि ज्ञान केन्द्रले यस्तो विवरण सार्वजनिक गरेको हो ।
विभिन्न गाउँनगरका कृषकले लगाएको खाद्यान्न, तरकारी र फलफूलमा भएको क्षतिको विवरण केन्द्र तथा प्रदेश कृषि मन्त्रालय र विभागहरुमा पठाइएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए । कृषकहरूलाई क्षतिअनुसार राहत माग गरिएको पनि उनले जनाए ।
केन्द्रको तथ्यांकअनुसार असिनापानीले फलेवास नगरपालिकामा २ करोड २० लाख २९ हजार ४ सय २० रुपैयाँबराबरको क्षति भएको छ ।
कुश्मा नगरपालिकामा १ करोड ८५ लाख ५२ हजार ७ सय ५०, मोदी गाउँपालिकामा ३ करोड ७३ लाख ९० हजार ७ सय ८० रुपैयाँबराबरको खाद्यान्न र तरकारीबाली नाश भएको छ । जिल्लाका मोडल फर्महरूमा ४८ लाख ३७ हजार ५ सय ६० रुपैयाँबराबरको क्षति भएको विवरण छ ।



















































































































































































































