२५ बैशाख २०८१, मंगलवार

 

एनआरएनए एसिया संयोजकमा श्रेष्ठले उमेदवारी दिने

विदेशमा रहेका नेपालीहरुको साझा सस्था एनआरएनए अहिले विभिन्न स्थानीय हुँदै राष्ट्रिय अधिवेशनको तैयारीमा जुटेको छ । पछिल्ला दिनहरुमा विभिन्न देशहरुमा अधिवेशनको तैयारी हुँदैछ ।

अधिवेशन आगामी दशैंमा हुने भएसंगै यसमा अभियान्ता विभिन्न देशमा अधिवेशन सम्पन्न गराउनमा ब्यस्त देखिन्छन् ।

यसैबिच बिगत लामो समयदेखि जापानमा व्यवसाय गर्दै आएका रोबिन्द श्रेष्ठ गोबिन्दले आगामी कार्यकालको लागि उमेदवारी दिने बताएका छन् ।

उनले आफूलाई एसियाको संयोजकको प्रत्यासीका रुपमा उभ्याउने दाबी गरेका छन् ।

एनआरएनए एशिया उपसंयोजकसमेत भइसकेका श्रेष्ठ यसपालि संयोजक पदमा उमेदवारी दिने उद्घाेष गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्