१५ कार्तिक २०८३, शनिबार

 

किरियापुत्री भवनलाई प्रधानदम्पतीको एक लाख

समाजसेवी दम्पती सुकुन्दप्रसाद प्रधान र सरिता प्रधानले बागलुङ नगरपालिका–३ हाँडेपाखामा निर्माणाधीन किरियापुत्री भवनलाई आर्थिक सहयोग गरेका छन् ।

नेपालभाषा मंका खलः बागलुङको अगुवाइमा बनिरहेको भवनका लागि प्रधानदम्पतीले एक लाख रुपैयाँ सहयोग गरेको संस्थाका कोषाध्यक्ष विदेशकुमार श्रेष्ठले नयाँ विश्वलाई बताए ।
नेवार समुदायको उक्त सामुदायिक भवनसहितको संरचनालाई झि छें अर्थात् हाम्रो घर नामकरण गरिएको छ ।

बानपा–३, किनारा टोलमा जन्मिई हाल काठमाडौं बस्दै आएका प्रधान सफु इम्पोर्ट एन्ड एक्सपोर्टका सञ्चालक हुन् । उनी व्यवसायसँगै सामाजिक सेवामा पनि रुचि राख्छन् । ‘समुदाय र जनतालाई आवश्यक ठाउँमा सहयोग गर्न पाउँदा खुसी लागेको छ,’ प्रधानले भने ।

प्रधान परिवारले बागलुङ बजारको राधाकृष्ण टोलस्थित विद्यामन्दिर माविमा १२ लाख ५० हजार रुपैयाँमा एउटा कोठा निर्माण गरिदिएको छ ।

त्यस्तै राधाकृष्ण मन्दिरमा ६ लाख लगानीमा शिवलिंग बनाइदिएको छ ।

प्रधानले विद्यामन्दिर पुस्तकालय, साई राम मन्दिर, हेटौंडाको वातावरण संस्थालगायत थुप्रै संस्थालाई आर्थिक सहयोग गरेका छन् । ‘हामी सचेत नागरिकले आफ्नो पेसा–व्यवसायका साथै सामाजिक काम र दैवी प्रकोपमा पीडितको राहतको लागि हरदम सक्रिय हुनुपर्छ,’ प्रधानले भने ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung