२ कार्तिक २०८३, आईतवार

 

मौसम विभागले भन्यो, अझै दुई दिन उच्च सतर्कता अपनाउनु

मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरी मौसम र बाढीको जानकारी आवश्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ ।

विभागका अनुसार केहीदिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय भएको छ । यहि समयमा मध्य तराई क्षेत्रमा शसक्त न्यून चापीय प्रणाली समेत विकसित भएकोले मध्य तथा पूर्वी नेपालका पहाडी तर तराई क्षेत्रमा अविरल वर्षा भइरहको छ ।

वर्षाका कारण बाग्मती, कमला लगायतका स–साना नदीहरुले समेत खतराको तह पार गरेका छन्।

गृह मन्त्रालयले दिउँसो जारी गरेको सूचना अनुसार वर्षाका कारण गएको बाढी पहिरोले देशभर ११ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । ९ जना बाढी र पहिरोमा परेर बेपत्ता भएको सूचना प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung