२ कार्तिक २०८३, आईतवार

 

बाढीपहिरोमा मृतक संख्या ५० पुग्यो, ३० बेपत्ता

तस्बिर:नेपाल प्रहरी

बर्खा लागेसँगै देशका विभिन्न भागमा बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । कम्तीमा २५ जना घाइते छन् भने ३० जना बेपत्ता छन् ।

प्रहरी प्रधान कार्यालयले आइतबार जारी गरेको तथ्यांकअनुसार उपत्यकामा मात्र ८ जनाको मृत्यु भएको छ । यिनमा ३ महिला र ५ पुरुष छन् ।
बाढी–पहिरोमा परी प्रदेश १ मा १७ जनाले ज्यान गुमाएका छन् । मृतकमा महिला ७ र पुरुष १० जना छन् ।

प्रदेश २ मा दुई महिला र ६ पुरुष गरी आठ जनाको मृत्यु भएको छ । प्रदेश ३ मा मृतक संख्या १३ छ जसमा महिला ९ र पुरुष ४ जना छन् ।

प्रदेश ५ मा पहिरोमा परी २ पुरुषले ज्यान गुमाएका छन् । कर्णाली प्रदेशमा बाढीका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । १ पुरुष र १ महिला छन् ।

आइतबार मध्याह्नसम्म काठमाडौंमा ३, ललितपुरमा ५, खोटाङमा ३, इलाममा १, झापामा २, उदयपुरमा १, भोजपुरमा ५, ओखलढुंगामा ४, सुनसरीमा १, पर्सामा १, बारामा २, रौतहटमा १, महोत्तरीमा १, सिराहामा १, धनुषामा २, काभ्रेमा ३, रामेछापमा १, सिन्धुलीमा ३, मकवानपुरमा ३, धादिङमा २, चितवनमा १, पाल्पामा १, दाङमा १ र डोल्पामा २ जनाले ज्यान गुमाएका छन् ।

घाइते २५ जनामा महिला १० र पुरुष १५ जना छन् ।

उपत्यकामा ५, प्रदेश १ मा ८ र प्रदेश ३ मा १२ जना घाइते भएको प्रहरीको तथ्यांक छ ।

३० बेपत्ता

बाढीपहिरोमा देशभर गरी ३० जना बेपत्ता छन् । विपत्मा फसेका १ हजार १ सय ४ जनाको सुरक्षाटोलीले उद्धार गरेको छ ।

प्रहरीका अनुसार उपत्यकामा २ जना बेपत्ता छन् भने १ सय ९४ जनाको उद्धार गरिएको छ । प्रदेश १ मा १० जना बेपत्ता छन् ।

त्यस्तै प्रदेश २ मा ५ र प्रदेश ३ मा ६ जना बेपत्ता छन् । यी प्रदेशमा क्रमशः १२, ८ सय २७ र ७१ जनाको उद्धार गरिएको छ । कर्णाली प्रदेशमा ७ जना बेपत्ता छन् ।

स्रोत: नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung