२ कार्तिक २०८३, आईतवार

 

अहिलेको जलवायु परिवर्तन दुई हजार वर्षकै इतिहासमा अतुलनीय

विश्व तापमानको वर्तमान गति र विस्तार पछिल्ला दुई हजार वर्ष यताकै उच्च रहेको अनुसन्धानकर्ताहरूले बताएका छन्।पछिल्लो शताब्दीमा भएको तापक्रम वृद्धिको मात्रालाई ‘लिटिल आइस एज’ जस्ता चर्चित ऐतिहासिक घटनासँग पनि तुलना गर्न नसकिने उनीहरूले देखाएका छन्।

अहिलेको तापमान वृद्धिदर पहिले मापन गरिएका कुनै पनि दरहरूभन्दा बढी रहेको अनुसन्धानले देखाएको छ।अहिलेको नतिजाले जलवायु परिवर्तनबारे शङ्कालुहरूको तर्क मान्य नहुने देखाएको वैज्ञानिकहरूले बताएका छन्।

वैज्ञानिकहरूले पछिला शताब्दीहरूको सर्वेक्षण गरि विश्वको जलवायु परिवर्तनको इतिहासलाई हेर्दा त्यसमा कैयौँ महत्त्वपूर्ण युगहरू देखा परेका छन्।ती युगहरू ‘रोमन वार्म पिरियड’देखि सुरु भएका थिए र ‘लिटिल आइस एज’सम्म पुगेका थिए।’रोमन वार्म पिरियड’ सन् २५० देखि सन् ४०० सम्मको थियो। त्यसबेला पनि युरोपमा असामान्य खालको गर्मी देखा परेको थियो।

त्यस्तै सन् १३०० ताकादेखि ‘लिटिल आइस एज’मा भने तापक्रमा असामान्य रूपमा कमी आएको थियो।ती घटनाहरूलाई विभिन्न शताब्दीमा विश्व कैयौँ पटक तातो र चिसो बढेको प्रमाणहरूको रूपमा हेरिएको थियो।र, औद्योगिक क्रान्तिपछि देखिएको तापमान वृद्धि पनि त्यस्तै स्वरुपको रहेको थियो, त्यसले गर्दा त्यसबारे चिन्तित हुनुपर्ने कुनै कुरा थिएन।तीनवटा नयाँ अनुसन्धान पत्रहरूले चाहिँ त्यो तर्क अस्थिर जगमा अडिएको देखाएका छन्।

ग्राफतस्वीर कपीराइटUNIVERSITY OF BERN

वैज्ञानिकको समूहले विगत दुई हजार वर्षदेखिका सात सय प्रतिनिधि अभिलेखहरूलाई पुनर्निर्माण गरेर तापक्रम परिवर्तनको अध्ययन गरेका हुन्।उनीहरूले रुख, मूगा र तालहरूका अवशेषहरूको अध्ययन गरेका थिए।त्यसपछि उनीहरूले अहिलेको जस्तो विश्वस्तरमा जलवायु परिवर्तनको घटनाहरू पहिले नभएको निर्धारण गरेका हुन्।

सन् ९५० देखि १२५० सम्मको ‘मिडिएभल वार्म पिरियड’मा मात्र पृथ्वीको ४० प्रतिशत भागमा तापक्रम वृद्धि भएको थियो अन्यथा अन्य अवस्थामा तापमान परिवर्तन क्षेत्रीय थियो।तर आजको तापक्रम वृद्धिले भने त्यसको विपरित पृथ्वीको अधिकांश भागलाई समेटेको छ।

गर्मीतस्वीर कपीराइटGETTY IMAGES
Image captionजलवायु परिवर्तनले युरोपमा पनि गर्मी बढेको छ

आधुनिक औद्योगिक युगभन्दा अघि जलवायु परिवर्तनको सबैभन्दा महत्त्वपूर्ण प्रभाव पार्ने कुरा ज्वालामुखी भएको पनि अनुसन्धानकर्ताहरूले देखाएका छन्।उनीहरूले सूर्यको विकिरणमा आएको परिवर्तनले विश्व तापक्रममा प्रभाव परेको कुनै सङ्केत भेटेनन्।अनुसन्धानकर्ताले भनेका छन्, वर्तमान समयमा प्राकृतिक परिवर्तनको मात्रा निकै धेरै छ।

स्वीट्जरल्यान्डको बर्न विश्वविद्यालयका डा. राफेल न्युकोम भन्छन्, “हामीले पुनर्निर्माण गरेका तथ्यहरू र सहायक तथ्याङ्कहरूलाई हेर्‍यौँ।””पछिल्लो समयमा हामीले गणना गरेको प्राकृतिक तापमान वृद्धिका तुलनामा निकै बढी देखिन्छ। यो अहिलेको तापमानलाई देखाउने अर्को दृष्टिकोण हो। ”

अनुसन्धानकर्ताहरूले वर्तमान जलवायु परिवर्तनका लागि मानव नै मुख्य प्रभावकार्ता हुन् भन्ने निर्धारण गरेका छैनन् तर निष्कर्षमा भने त्यस्तै देखिएको छ।

आफूहरूले पछिल्लो तापमान वृद्धिको कारण के हो भन्नेमा बढी ध्यान नदिएको तर प्रमाणहरूले मानवनिर्मित कारणले नै त्यस्तो भइरहेको छ भन्ने देखाएको डा. न्युकोमले बताए।

लिटल आइस एजतस्वीर कपीराइटGETTY IMAGES
Image captionलिटल आइस एजको युरोप

“हामी स्पष्टरूपमा त्यसलाई परीक्षण गर्न सक्दैनौँ तर प्राकृतिक कारणले मात्र हाल हामीले हेरिरहेको तापमान वृद्धि भएको भने होइन,” उनी भन्छन्।नयाँ अध्ययनले अन्य वैज्ञानिकहरू प्रभावित भएका छन्।

धेरै विज्ञहरू नयाँ अनुसन्धानले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनप्रति शङ्का व्यक्त गर्नेहरूले गरेका दाबीहरूलाई खारेज गरिदिएको बताएका छन्।ती तीनवटा अनुसन्धानपत्र नेचर र नेचर जियो साइन्स नामक जर्नलहरूमा प्रकाशित भएका छन्।

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung