२३ भाद्र २०८३, मंगलवार

 

भरोसाबिहीन कांग्रेसमा आत्मविश्वास जगाउनु सेनियाका लागि चुनौती

- भारतमा कांग्रेस कमजोर भैररहँदा नेपालमा कस्तो प्रभाव ?

विषम परिस्थितीमा भारतको कांग्रेसमा अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन भएकी छन् । उनका बारेमा फेरी आरोप र टीकाटिप्पणी शुरु भएका छन् । सन् २०१७ मा करिब १७ वर्ष लामो अध्यक्ष पदको जिम्मेवारीबाट राजीनामा दिएर छोरालाई राजनीतिको कमान सम्हाल्न लगाएकी सोनिया किन फेरी अन्तरिम अध्यक्ष बनेर राजनीतिमा उदाइन् । अध्यक्ष बनेकी सोनियालाई अबको राजनीति अवसर की चुनौती? शायद चुनौती नै धेरै छन् ।

उत्तराधिकारीको चयन

पछिल्ला केही वर्षसम्म उनले नेतृत्व गरेको कांग्रेस किन यति कमजोर सावित भयो? त्यस बारेमा खुलेर चर्चा हुन आवश्यक छ । उनले खराव स्वास्थ्यका कारण अध्यक्षबाट सन् २०१७ मा विश्राम लिएको अवस्था थियो । उनले संयुक्त गठवन्धनको नेतृत्व सम्हाल्दै पार्टीको नेतृत्वमा छोरा राहुललाई अघि सारिन् । उनी खासै सक्रिय राजनीतिमा देखिइनन् । यसपटकको लोक सभामा निर्वाचनमा उनी यसअघि जसरी जमेर प्रचारप्रसारमा निस्कन सकिनन् । कारण उनको विग्रदो स्वास्थ्य । स्वास्थ्य अवस्था खराब भएपछि राजनीतिबाट टाढा पुगेकी सोनिया एक्कासी फेरी किन अध्यक्षमा आइन?  तर उनलाई यसअघिका वर्षमा जस्तो अध्यक्षताको जिम्मेवारी सहज भने छैन् । यसअघि उनका सामु उत्तराधिकारी थिए छोरा राहुल तर यसपटक स्वंयम राहुलले अध्यक्षता गरिसकेका छन् । उनी अब उत्तराधिकारीका लागि लालयित पनि छैनन् । यस्तो अवस्थामा उनले अध्यक्षको जिम्मेवारी उठाएकी छन् ।

अगामी दिनमा कसलाई अध्यक्ष बनाउने भन्ने उनलाई सहज नहोला छ । उनको राजनीतिक उत्तराधिकारी को बन्ने त? त्यसका लागि उनले मुल्य चुकाउनु पर्ने पनि हुनसक्छ । मुल्य यस मानेमा नयाँ अध्यक्ष चयन गर्दा अहिलेसम्म उनलाई मान्दै आएका व्यक्ति वा परिवारको विश्वास पनि गुम्न सक्छ । त्यसैले उत्तराधिकारी चयन उनका लागि चुनौती सावित हुनेछ ।

दल त्याग गर्नेहरुलाई रोक्नु

राजनीतिक चुनौतीका कुरा गर्दा सोनियाले यसपटक पार्टी भित्रैबाट चुनौतीको सामना गर्नु पर्ने हुनसक्छ । बाहिर सशक्त प्रतिपक्षी भाजपा उभार बनेर आएको छ । उसले कांग्रेस सशक्त राज्यमा नेतृत्व नै पार्टी प्रवेश गराउँदै आएको छ । त्यसको उदाहरण पछिल्लो पटक कर्नाटकका १० विधायक भाजपा प्रवेश गराउन सफल रह्यो । त्यसमध्ये केही गांधी परिवार प्रति उत्तरदायी एवं वफदार नेता पनि थिए । अहिले कै अवस्थामा भाजपाको मुकावलामा कांग्रेस एक्लैले गर्न सक्ने संभावना पनि छैन । कांग्रेसमा नयाँ पुस्तालाइ आर्कषण गर्न सक्ने एजेण्डा पनि छैन् । साथै पार्टीका कार्यकर्ता भाजपामा पलायन रोक्नु दोस्रो चुनौती देखिन्छ । त्यसलाई रोक्नु उनको जिम्मेवारी देखिन्छ ।

पुरानो पुस्ताबाट नयाँ राजनीति कहिलेसम्म?

पार्टीमा उनलाई मान्ने पुस्ता भनेको लगभाग पुरानै परिवारका सदस्य हुन् । नेता पनि पुरानै । नेतृत्वको स्थान्तरण नगरी कांग्रेस भविष्यलागि टिक्न सक्ने अवस्था पनि छैन् । परिवर्तन गर्दा उनीहरुको साथ पनि नहुन पनि सक्छ । त्यसैले उनका लागि यसपटक अध्यक्षको पद काँचो पिडालु सावित हुनसक्छ । उनलाई जति पुरानो टीमसँग काम गर्न जति सहज र अनुकुल हुन्छ । त्यति नयाँसँग नहुन सक्छ । भाजपासँग प्रतिकार गर्ने टीम बनाउन आवश्यक छ । पुराना नेताबाट त्यो संभव छैन । त्यसैले नयाँ र पुराना बीच समवन्य गरेर बढ्नुको विकल्प पनि छैन् । समवन्य उनका लागि चुनौती हुनसक्छ ।

नेता र कार्यकर्तालाई दलमा आर्कषित गर्नु

कांग्रेस भित्रको मनमुटावको अवस्थालाई निस्तेज तुल्याएर पार्टीलाई आर्कषणको केन्द्र बनाउनु उनका लागि अर्काे चुनौती छ । किनकी दलको खस्कँदो साखका कारण नेता तथा कार्यकर्तामा उत्साह भन्दा पनि निराशा छ । राहुल गांधीले राजीनामा दिएपछि त्यसको सन्देश झनै नकारात्मक छ । यस्तो अवस्थामा उनले सम्हालेको अन्तरिक अध्यक्षको पद सहज जिम्मेवारीको छैन । सबैभन्दा पहिले आत्मविश्वास जागृत गरेर पार्टीको राजनीतिमा पुर्नताजगी ल्याउन आवश्यक छ । पुरानो विरासतमा फर्काउन सक्ने गरी नयाँ नेतृत्वको खोजी गर्नसक्नु पर्छ । जसरी महात्मा गान्धीकालमा कांग्रेस बन्ने कार्यकर्तामा शहीद हुने प्ररेणा थियो । नेहरुकालमा कांग्रेस बन्ने कार्यकर्तामा देश विकासमा सहभागी हुने अपेक्षा थियो । इन्दिरा कार्यकालमा कांग्रेस हुने कार्यकर्तामा सुरक्षा र समाजिक विकासको अभियन्तता हुने अभिलाषा थियो । राजीव कार्यकालमा कांग्रेस हुने कार्यकर्तामा प्रतिपक्षी विरुद्ध जाइलाग्न सक्ने आत्मविश्वास थियो । तर यतिवबेला कांग्रेसको राजनीतिमा लाग्ने कार्यकर्तासँग के छ, भन्ने? नेतृत्वले भरोसा दिलाउन सक्ने केही छैन ।  त्यसैले भरोसाबिहीन बनेको कांग्रेसमा आत्मविश्वास जगाउनु चुनौती छ ।

वैकल्पिक राजनीतिक एजेण्डा र विधानसभा चुनाव

भाजपाले एकपछि अर्का एजेण्डा स्थापित गरिरहँदा कांग्रेससँग आखिर एजेण्डा के त? भारतको ठुलो हिन्दु धर्मको साम्प्रदायिक समाजमा जसरी गान्धीले दक्षिण अफ्रिकाबाट फर्किएर सबैलाई एकाकार बनाएर दासताविरुद्ध लड्न सिकाए । त्यस्तो समाज अहिले छैन् । भाजपाले गांधीको एकतालाई करिबकरिब भत्काइसकेको अवस्था छ । हिन्दु मुस्लिमबीचको लक्ष्मणरेखा तय गरेर भाजपाले राजनीति गरेको छ । पाकिस्तानसँगको मुकावला होस् वा कश्मीरका बारेमा गरेको निर्णय । ती सवालमा कांग्रेसले न त तटस्थता जनाउन सक्छ । न समाहित हुन नै । त्यसैले नयाँ एजेण्डा बनाउन पनि कठिन छ । भाजपा त्यस्तो चतुर विपक्ष बनेर उभारिएको छ ।

काम केही नगरेपनि निर्वाचनका बेला एजेण्डा तय गरेर विपक्षीभन्दा सशक्त बनेर निर्वाचन परिणाम हात पार्न सफल छ । लोकसभाको निर्वाचनमा ‘चौकिदार चोर हैं’ भनेर राहुलले देशव्यापी बनाएको नारामा भाजपाले चुनाव आफ्ना पक्षमा पार्न सफल भयो। हो, म देशका लागि चौकिदार हूँ भन्ने स्पष्टोक्ती दिएर नारा नै फिक्का तुल्याइदियो ।

यस्तो अवस्थामा गठवन्धन बनेर निर्वाचनमा जाने तयारी गरेपनि आखिर क्षेत्रिय दलले कांग्रेसलाई विश्वास गर्न सकेनन् । मध्यप्रदेश, राजेस्थानसहित ५ प्रदेशका विधान सभाका चुनावमा सहकार्य गरेका दल समेत लोकसभामा एक हुन सकेनन् । त्यसभित्र पनि भाजपा घुसेर कांग्रेसलाई कमजोर बनाउन सफल रह्यो । दिल्ली र उत्तर प्रदेशजस्ता अर्थ राख्ने राज्यमा कांग्रेसले आफ्नो प्रतिनिधित्व गर्नबाट चुक्नु पर्‍यो । भाजपाको चाणक्य शैलीबाट संचालित राजनीतिमा  कांग्रेसलाई जीवन दिन सोनियालाई सहज भने छैन ।

भारतमा कांग्रेस कमजोर भ इररहँदा नेपालमा कस्तो प्रभाव?

भारतको कांग्रेस इतिहासको सबैभन्दा खराब अवस्थामा गुज्रिएको छ । कारण जे जस्तो भएपनि करिब ६ दशकको राजनीतिमा रहँदा दीर्घकालिन प्रभाव पार्ने गरी विकास निर्माण समाजिक न्यायका काममा चुक्नु नै कांग्रेसका लागि अभिशाप भएको छ । गल्ती कमजोरीबाट पाठ सिक्दै गर्दा १९८० को स्थिती र ०८४ को जस्तो उभार आएर कांग्रेस सत्तामा आएर फेरी पहिलो पार्टी बन्न सक्ने संभावना क्षीण छ । नेपाली नागरिकले कांग्रेसको भविष्यका बारेमा चिन्ता गर्नु था नहेला । किनकी कांग्रेसको साथ र सहयोगबाट ०७ साल, ०४६ साल र ०६३ सालको परिवर्तन भएको नेपालमा भारतमा भाजपा सशक्त बन्नु पक्कै सुखद सन्देश नहेला। भारतमा भाजपा सशक्त बनिरहँदा नेपालको धर्मनिरपेक्ष धरापमा नपर्ला भन्न सकिन्न? कारण अरू कुनै प्रसंगमा उजागर गरौंला । नेपालका कम्युनिष्ठले मानी जस्तै खिइएको नेपाली कांग्रेसलाई खिस्याउन भारतको कांग्रेसको उदाहरण दिइरहँदा भविष्यका बारेमा पनि सोच्ने की?

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung