२ कार्तिक २०८३, आईतवार

 

तिलिचो तालभन्दा उच्च स्थानमा फेला पर्‍यो अर्काे हिमताल

कजिन सारा ताल । तस्बिर साभार:टिएचटी

नेपालको मनाङ जिल्लामा विश्व किर्तिमानी ताल भेटिएको छ । यसअघि सबैभन्दा उचाईमा रहेको मनाङ कै तिलिचो तालभन्दा पनि उच्च स्थानमा अर्काे हिमताल भेटिएको छ ।

४ हजार २ सय १९ मिटर उचाईमा रहेको भनिएको तिलिचो भन्दा पनि माथि करिब ५२ सय मिटर उचाईमा यो ताल फेला परेको छ ।

मनाङको चामे गाउँपालिकाको सिंगारखर्क क्षेत्रमा उक्त ताल फेला परेको हो । करिब डेढ किमी क्षेत्रफलमा फैलिएको ताल संरक्षणका लागि स्थानीय लागि परेका छन् । स्थानीय लोकेन्द्र घलेले नेपालका लागि मात्र नभएर यो विश्व प्रकृति जगतका लागि ताल उपहार भएको बताए । उक्त ताल करिब १ सय मिटर गहिराई भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung