मुस्लिम समुदायका धर्मगुरु मोहम्मद सल्ललाह अल्यैहे ओसल्लमको ११ सय ९४ औं जन्मजयन्ती बागलुङमा पनि मनाइएको छ । धौलागिरि मुस्लिम सेवा कमिटीको आयोजनामा मोहम्मदको जन्मदिन मनाइएको हो ।
त्यस अवसरमा र्याली निकालिएको थियो । र्यालीमा त्यस क्षेत्रका विभिन्न मस्जिद, मदरसा, मुस्लिम संघसंगठन, धार्मिक संघसंस्थाका प्रतिनिधि तथा मुस्लिम अगुवाहरूको उपस्थिति थियो ।
कमिटीका अध्यक्ष करिय दिन मियाँको अध्यक्षतामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको थियाे । कार्यक्रममा गुरु मौल्लानाले प्रवचन दिएका थिए ।




















































































































































































































