१५ कार्तिक २०८३, शनिबार

 

न्वागीसँगै पौँदी मेला आरम्भ

जिल्लाको पाँैदीमा यसपालि मंसिर १ गते बिहान ९ बजेर २९ मिनेटको साइतमा न्वागी खाइएको छ । वडाध्यक्ष अर्जुनप्रसाद खरेलले उक्त समयमा दक्षिण–पश्चिम दिशामा फर्केर न्वागी खान स्थानीयलाई आह्वान गरेका थिए । पौँदी क्षेत्रका बासिन्दाले न्वागीलाई पर्वका रूपमा मनाउँदै आएका छन् ।नयाँ धान भित्र्याएपछि त्यसैलाई दहीमा भिजाएर खाने परिकारलाई न्वागी भनिन्छ ।

खास गरी इस्मा राज्यअन्तर्गत पर्ने बागलुङ र गुल्मीका विभिन्न ७ गाविस क्षेत्रलाई पाैँदी भनिने गरेको छ ।यसैबीच पौँदीवासीको पहिचान, न्वागी मेलाको संरक्षण र सम्मान भन्ने नारासहित आइतबार ग्वालीचौरको खार बजारमा पौँदी न्वागी मेला २०७६ सुरु भएको छ ।

मेलामा खुला पुरुष भलिबल, खुला सांस्कृतिक कार्यक्रम, खुला एकल रेकर्ड नृत्य, खुला दोहोरी गीतलगायत प्रतियोगिता आयोजना गरिँदै छन् । पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा हुन लागेको कार्यक्रममा राष्ट्रिय कलाकारले समते प्रस्तुति दिनेछन् ।

यस क्षेत्रकै सर्वाधिक १ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार राशिको खुला पुरुष भलिबल प्रतियोगिता मेलाको मुख्य आकर्षण रहनेछ । उपविजेताले ६६ हजार ६ सय ६६ हात पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung