१५ कार्तिक २०८३, शनिबार

 

आज दाहालपुत्र प्रकाशको दोस्रो स्मृति दिवस

नेकपा अध्यक्ष पुष्पकमल दाहालका छाेरा प्रकाशको दोस्रो स्मृति दिवसका अवसरमा मंगलबार परिवारले दीप प्रज्वलनको तयारी गरेकाे छ । दाहालकाे निवास खुमलटारमै कार्यक्रम गर्न लागिएकाे हाे । युवा नेता तथा अध्यक्ष दाहालका स्वकीय सचिवसमेत रहेका प्रकाशको २०७४ मंसिर ३ गते हृदयाघातका कारण निधन भएको थियो । पुत्रवियाेगपछि आमा सीता लगातारजसाे बिरामी छिन् ।  प्रकाशको स्मृतिमा विभिन्न व्यक्तिले फेसबुकमा स्टाटस लेखेका छन् । दिदी रेणुले ‘दोस्रो स्मृतिदिवस, भावपूर्ण श्रद्धाञ्जली बाबु’ लेखेकी छन् भने अर्की दिदी गंगाले ‘बाबु कसरी लेखूँ तिम्रो अभावमा परिवारको अवस्था कस्तो छ, तिमीले छोडेका जिम्मेवारी पूरा गर्ने कोशिस गर्दै छु’ लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung