४ जेष्ठ २०८१, शुक्रबार

 

बागलुङमा ८५ औं भूपि जयन्ती मनाइयो

धवलागिरी साहित्य प्रतिष्ठान बागलुङको आयोजनामा कवि भूपि शेरचनको ८५ औं स्मृतिमा भूपि जयन्तीको बागलुङमा पनि मनाइएको छ ।

कबितामार्फत् तत्कालीन शासकको विरुद्ध सशंक्त आवाज बुलन्द गर्ने कवि भूपि शेरचनले लेखेका कविताहरू अहिलेसम्म पनि सान्दर्भिक रहेको भन्दै कविहरुले उनको सम्झना गरे ।

नेपालमा साहित्य मार्फत् कलम चलाउने धेरै आएपनि भूपि भूपि जस्तो निर्भीक कवि समाजमा कमै रहेको बोल्ने वक्ताको भनाइ थियो ।

भूपि जयन्ती एवं भूपि पुरस्कार समारोह कार्यक्रममा कवि भूपि शेरचनसँग सरोकार राख्ने संस्था थकाली सेवा समिति बुटवललाई नगद २५ हजार र साहित्यकार मोहन चापागाईंलाई भूपि सम्मान २०७६ बाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्