रायमाझी कुलदेवता समितिले आफ्ना युवा बन्धुहरूलाई लक्षित गर्दै युवा भेला कार्यक्रम गरेको छ ।
शनिबार धुम्बाराहीमा आयोजित युवा भेलामा देशैभरीका विभन्नि स्थानबाट आएका रायमाझी युवाहरूको सहभागिता रहेको थियो । कार्यक्रमम पूर्व उपप्रधानमन्त्री एवं वर्तमान प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझी प्रमुख आतित्थ्यतामा सम्पन्न भयो ।
भेलाले रायमाझी कुलदेवता समिति अन्तर्गतको युवा उप–समिति गठन गरेको छ । इन्द्र रायमाझीको संयोजकत्वमा गठित १५ सदस्यिय युवा उप–समितिको सह-संयोजकमा यादव बहादुर रायमाझी र सचिवमा निर्भीकजंग रायमाझी रहेका छन् । यस्तै सदस्यहरूमा सहदेव रायमाझी, ज्ञानेन्द्र रायमाझी, विदुर रायमाझी, धिरजजंग रायमाझी, कृष्ण कुमार रायमाझी, डा.संगम रायमाझी, महेन्द्रजंग रायमाझी, प्रदीप रायमाझी, केशव रायमाझी, भीमसेन रायमाझी, सुन्दरा रायमाझी र मधु रायमाझी रहेका छन् ।
नवगठित उपसमितिका पदाधिकारी र सदस्यलाई रायमाझी कुलदेवता समितिका केन्द्रीय अध्यक्ष जगत बहादुर रायमाझीले टिका लगाएर आशिर्वाद दिए ।
रायमाझी कुलदेवता समितिले क्षत्रीय जातिका रायमाझी बन्धुहरूको धार्मिक कार्य तथा नेपालभरि नै सामाजिक कार्य गर्दै आएको छ ।




















































































































































































































