२० बैशाख २०८१, बिहीबार

 

नयाँ विश्वकर्मी थापा जापानमा सम्मानित

नयाँ विश्वकर्मी थम्मन थापा जापानमा सम्मानित भएका छन् । बोहोराफाँट समाज जापानले उनलाई सम्मान गरेको हो ।

जापान भ्रमणमा रहेका नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका पार्सद सदस्य पत्रकार थापा, घुम्टे युवा परिवारका उपाध्यक्ष जीवन साहानी, गलकोट नगरपालिका ३ बोहोराफाँट निवासी ज्येष्ठ महिला ७६ वर्षिय चन्द्रकली बोहोरालाई संस्थाले सम्मान गरेको छ ।

१ वर्ष अघि जापानमा स्थापना भएको समाजले गलकोट नगरपालिका ३ बोहोराफाँटको विकास र समृद्वि, विपन्न परिवार, असायलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

समाजले बोहोराफाँटमा २ लाख ३० हजारको लागतमा प्रतिक्षालय, स्वर्गीय फम बोहोराको परिवारलाई नगद १९ लाख ५९ हजार, बोहोराफाँट निवासी मृगौला पीडित भीमबहादुर बोहोरालाई नगद ४ लाख ७८ हजार, बोहोराफाँटकै फोक्सोका रोगी लिलबहादुर दर्जीलाई ५ लाख ८५ हजार, गलकोट नगरपालिका वडा न ७ मल्मका स्वर्गीय जीतबहादुर बस्नेतको परिवारलाई नगद १ लाख ५७ हजार र गलकोट नगरपालिका ५ थापाटोलका स्वर्गीय मोहन थापाको परिवारलाई नगद ३ लाख ३ हजार २ सय ५० सहयोग प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्