आमा बुबाले नै छोरीको हत्या गरेका छन् । बालिका छोरीलाई अन्य ब्यक्तिको सहयोगमा बुवा आमाले हत्या गरेर शव गाडेको प्रहरीले जनाएको छ।
पर्साको पोखरिया नगरपालिका –९ शिवबर्वाका बिरेन्द्र महतो तत्वा र शिवकली देवीले १५ वर्षीया छोरी पुनिता कुमारीको हत्या गरेकी हुन् ।
हत्यामा संलग्न ३० वर्षीया शिवकलीलाई प्रहरी पक्राउ गरेका छ भने बुबा बिरेन्द्र महतो तत्वा फरार छन् ।
सोही ठाउँका ३९ वर्षीय राजेन्द्र महतो तत्वा, २८ वर्षीय संतोष महतो तत्वा र १९ वर्षीय सुबोध भन्ने जितेन्द्र यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
बालिकाको शव गाडेको स्थानबाट बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार थप अनुसन्धान भइरहेको छ ।



















































































































































































































