१५ कार्तिक २०८३, शनिबार

 

मेयरले दिए सार्वजनिक बिदा

पृथ्वीजयन्तीका अवसरमा विदुर नगरपालिकाको कार्यालय नुवाकोटले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरण नुवाकोट विजयबाट शुरू गरी ७ तले दरबार (विसं १८१९) बनाएर करीब २५–२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ ।

यस्ता अभिभावकप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको जन्मदिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताए । उनी नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung