काभ्रे पनौती नगरपालिका-११ थुम्कीमा स्काभेटर दुर्घटना हुँदा दुई जना बेपत्ता रहेका छन् ।
बिहीबार बिहान करिब ११ बजे स्काभेटर तीन सय मिटर तल खस्दा दुई जना पुरिएको र एक जना घाइते रहेका जिल्ला प्रहरी कार्यालयका एसपी रवि पौडेलले जानकारी दिए।
‘दुई जना पुरिएका छन्, एक जना घाइतेलाई उद्धार गरेर उपचारका लागि लगिएको छ,’एसपी पौडेलले भने । स्थानीय र प्रहरी मिलेर खोजी गरिरहेका प्रहरीले जनाएको छ ।



















































































































































































































