१४ कार्तिक २०८३, शुक्रबार

 

रेडक्रस लहरे पीपलको साधारणसभा सम्पन्न

बागलुङ नगरपालिका–५ स्थित नेपाल रेडक्रस सोसाइटी लहरे पीपल उपशाखाको दोस्रो साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

साधारणसभामा गण्डकी प्रदेशका सदस्य हिमालप्रसाद शर्माले मानवीय क्षेत्रमा काम गर्ने संस्थाको भावनाअनुसार काम गरेर जानुपर्ने धारणा राखे ।

त्यस्तै रेडक्रस जिल्ला शाखाका सहकोषाध्यक्ष जीवननाथ शर्मा, मालिका उपशाखाका अध्यक्ष रविप्रसाद शर्मा, कालीगण्डकी उपशाखाका अध्यक्ष श्यामप्रसाद शर्मा, कृष्णप्रसाद आचार्यलगायत वक्ताले सामाजिक र मानवीय सेवाको क्षेत्रमा रेडक्रसको भूमिकालाई अझै प्रभावकारी ढंगले अगाडि लैजानुपर्ने धारणा राखेका थिए ।

साधारणसभा लहरे पीपल उपशाखाका अध्यक्ष रुद्र केसीको अध्यक्षता, उपाध्यक्ष कुलबहादुर कार्कीको स्वागत र सचिव महेश्वर आचार्यको सञ्चालनमा भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung