पत्रकार विनय कसजुको स्मृतिमा पाल्पाली संगमले अक्षय कोष स्थापना गरेको छ । कसजुको निधन भएको ४५ औं पुण्य तिथिको अवसरमा काठमाडौंमा आयोजित स्मृतिसभामा विनय कसजु अक्षय कोष स्थापना गर्ने घोषणा गरिएको हो ।
संगम अन्तर्गतको सञ्चार विभागले कसजुको ग्रामीण विकास पत्रकारिता, बाल साहित्य, सूचनाको हक र प्रविधिमैत्री अभियान गरी चार आयामलाई संस्थागत गर्ने उद्देश्यले अक्षय कोष स्थापनाको प्रस्ताव गरेको विभागका संयोजक तथा संगमका सचिव जीवन भण्डारीले जानकारी दिए ।
कोषमार्फत चारै विधामा योगदान पुर्याउने एक–एक जनालाई हरेक वर्ष प्रोत्साहन प्रदान गर्ने, अध्ययन, अनुसन्धान, लेखन, अभियानलगायतमा सहयोग गर्ने उद्देश्य पनि राखिएको उनले बताए ।



















































































































































































































