७ कार्तिक २०८३, शुक्रबार

 

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई संकल्प सहकारीको साथ

संकल्प सहकारी संस्था बागलुङले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोगको घोषणा गरेको छ ।बागलुङ बजारस्थित सहकारी संस्थाले आफ्नो आठौँ वार्षिकोत्सवका अवसरमा केन्द्रका प्रमुख महावीर पुनलाई १ लाख ५ हजार सहयोगको घोषणा गरेको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष इन्द्रबहादुर थापाले सहकारीको कारोबार बचत र ऋणमा मात्र सीमित नगरी सबै क्षेत्रमा फाइदा पुग्ने ठाउँमा लगानी गर्ने बताए ।

घोषित रकम आविष्कार केन्द्रमै पुगेर हस्तान्तरण गरिने बताइएको छ । अध्यक्ष थापाले आविष्कार केन्द्र नेपालको आवश्यकता भएको निष्कर्षसाथ सहकारीले सहयोगको घोषणा गरेको बताएका हुन् ।


संस्थाले वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फरकफरक रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको कोषाध्यक्ष जीवन काउचाले बताए । कार्यक्रममा संस्थाका प्रबन्धक हिरा काउचाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung