२० बैशाख २०८१, बिहीबार

 

पत्रकार थापा सम्मानित

पत्रकारिता र सामाजिक क्षेत्रमा योगदान गरेकाे भन्दै सामाजिक संस्था घुम्टे युवा परिवार गलकोटका अध्यक्ष पत्रकार थम्मन थापा सन्देशलाई जापानको टोकियोमा सम्मान गरिएको छ । घुम्टे युवा परिवार जापान शाखाद्वारा आयोजित अन्तरक्रिया, भेटघाट तथा सम्मान कार्यक्रममा थापालाई सम्मान पत्र, उपहार र खादा ओडाएर सम्मान गरिएको शाखाले जनाएको छ ।

सोही अवसरमा संस्थाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वखेलाडी जीवन साहानीलाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा अध्यक्ष थापाले परदेशी भूमिमा संस्थाले प्रदान गरेको माया र सम्मानले सामाजिक उत्तरदायित्व बहन गर्न थप प्रेरणा मिलेको बताए । विदेशबाट हुने सहयोगलाई नेपालमा सदुपयोग गर्न केन्द्रीय समिति र शाखाबीच सहकार्य र समन्वय भइरहने उनको भनाइ थियो । त्यस्तै उपाध्यक्ष साहानीले केन्द्र र शाखाबीच समन्वय गरेर अक्षयकोष स्थापना गरी सामाजिक कार्यमा अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा शाखा अध्यक्ष दिलबहादुर थापा रामुले संस्थाका गतिविधि र आगामी दिनका कार्ययोजनाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्