शासन व्यक्तिको हैन विधिको हुनुपर्छ भनेर स्थापित अन्तर्राष्ट्रिय सामाजिक संस्था बागलुङ जेसीजको ४२ औं पदस्थापन एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार बागलुङ सदरमुकाममा एक कार्यक्रमका बीच संस्थाको ४२ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
युवाहरूलाई व्यक्तित्व र नेतृत्वको कला सिकाउने सामाजिक संस्था जहिल्यै पनि समाजप्रति उतरदायी रहने कुराको समर्थन गर्न यस्तो संस्थाको भूमिका महत्त्वपूर्ण रहेको उपस्थित बक्ताले धारणा राखेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश नेपाली कांग्रेसका समानुपातिक सांसद मणिभद्र शर्मा कँडेल, नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष लालमणि भण्डारी, बागलुङ जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, सत्यदेवी कोषका संरक्षक शैलेन्द्रकुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष जब्बरबहादुर लामिछाने लगायतका बक्ताहरूले जेसीजको भूमिकाको प्रशंसा गर्दै सामाजिक रूपान्तरणमा जेसीजले महत्वपूर्ण काम गरेको बताएका थिए ।
बागलुङ जेसीज बर्ष २०२० को लागि सुरेन्द्र शाक्यको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई पदस्थापन गराइनुका साथै वर्ष २०१९ मा सहयोग गर्ने जेसीजका विभिन्न व्यक्तिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो ।का
कार्यक्रममा जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठले स्थापना गरेको पुर्ण तारा अवार्डबाट जेसीजका पुर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।



















































































































































































































